default_image

7 years ago

May 6, 2018

बेथानचोकमा काभ्रे तेक्वान्दो भ्याली च्याम्पियनसिप हुने

129 views

0 Bookmark

बनेपा (हाम्रो खेलकुद) – काभ्रे तेक्वान्दो डो आइटिएफ संघ र बेथानचोक गाउपालिकाको संयुक्त आयोजनामा दोस्रो काभ्रे तेक्वान्दो भ्यालीे च्याम्पियनसिप यसै महिनाको अन्त्यमा हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता बैशाख २८ र २९ गते दुई दिने हुने काभ्रे आइटिएफका अध्यक्ष किशोर बरुणले बताएका छन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको टिमको सहभागिता रहने बेथानचोक गाँउपालिकाका खेलकुद संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिए ।

बेथानचोक गाँउपालिकाको वडा नं २ ढुंखर्कमा हुने प्रतियोगितामा पुरुष तर्फ ८ र महिलातर्फ ७ तौल समूहमा स्पायरिङ र प्याट्रन विधामा प्रतिस्पर्धा हुने बताइएको छ । झन्डै २ सय ५० खेलाडीले ३० स्वर्ण ३० रजत र ३३ कास्य पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.