default_image

7 years ago

May 6, 2018

टिभिएस पोखरा स्पोर्टस् अवार्ड विजेतालाई मोटरसाइकल र स्कुटर

115 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तेस्रो पोखरा स्पोर्टस् अवार्डलाई बतास ब्रदर्श प्रा लिले मुख्य प्रायोजना गरेको छ । अब अवार्डको नाम टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड भएको छ । अवार्डका वर्षका उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीले विगो स्कुटर प्राप्त गर्नेछन् ।

तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने गरि बतास ब्रदर्श प्रालि र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको थियो । बतास ब्रदर्शका विपेन्द्रराज बतास र मञ्चका अध्यक्ष केशव पाठकले सम्झौतामा हस्ताक्षर गरे । अवार्ड जेठ १८ गते आयोजना हुने मञ्चले यसअघि नै घोषणा गरिसकेको छ ।

निर्देशक बतासले अघिल्ला दुई संस्करणमा पोखरा स्पोर्टस् अवार्डलाई नजिकबाट नियालेको जनाउँदै यसले यहाँको खेलकुदको विकासमा योगदान दिएको महसुस गरेको बताए ।

‘स्थानीय खेलकुदको विकासमा यसले टेवा पुग्ने ठान्यौं र यस महान् अभियानमा सहकार्यको हात अघि बढाएका छौं ’ उनले भने– ‘पोखरा स्पोर्टस् अवार्ड आयोजनार्थ हामी भविष्यमा पनि सहयोगलाई निरन्तरता दिनेछौं ।’ बतास ब्रदर्श विश्वविख्यात कम्पनी टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारीक विक्रेता हो । नेपालको लागि भने जगदम्बा मोटर्स प्रालि. हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जिल्लामा खेलेरै लाखौंको सवारी चढ्न पाउने अवस्था खेलकुद पत्रकार र बतास ब्रदर्शले मिलाएकोमा खुशी प्रकट गरे । ‘कम्तिमा अब खेलाडीले खेल्ने बेला मैले राम्रो खेलेमा उत्कृष्ट हुनेछु र अवार्ड थाप्नेछु, मोटरसाइकल जित्नेछु भनेर सोच्ने दिन आयो ’ उनले भने– ‘यो दिन ऐतिहासिक हो । यस्तो ठूलो र महत्वपूर्ण अवार्ड हामी यहीं प्रदान गर्न सक्ने भएका छौं । अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन यहींबाट भएको छ ।’

मञ्चका अध्यक्ष पाठकले पत्रकारिता कर्ममा रहेर पनि खेलकुदको विकासमा टेवा पुग्ने ध्येयले पत्रकारले नै थालेको अभियानमा अग्रणी संस्था बतास ब्रदर्शको साथ पाउँदा निकै खुशी मिलेको बताए । उनले देश विदेशबाट प्राप्त सहयोगले दुई संस्करण आयोजना गरेको स्मरण गर्दै अब यसरी नै मुख्य प्रायोजन गर्ने संघसंस्था, विदेशमा रहेका खेलकुद प्रेमी महानुभावको सहयोग बृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

अग्रज पत्रकारद्वय प्रेस स्वतन्त्रता सेनानि बद्रि बिनोद प्रतिक, पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष पूण्य पौडेल लगायतले पत्रकारको नै ईज्जत बढाउने कार्यक्रम भएकाले सबैले साथ दिनुपर्ने बताए । सो अवसरमा बतास ब्रदर्श प्रालिका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटको समेत उपस्थिति थियो ।

कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार तेस्रो संस्करण सम्पन्न गर्न उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल लगायत सम्मिलित सल्लाहकार समिति बनिसकेको छ । मञ्चले उपसमिति गठन गर्दै मनोनित खेलाडीको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ । यस्तै, उत्कृष्ट खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिनेछ बताइएको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.