7 years ago
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)-काठमाडौं नक्साल बक्सिङ क्लबका मनिष डंगोल पहिलो सिजनको च्याम्प अफ च्याम्पियन्स (सीओसी) व्यवसायिक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
बैशाख २३ गतेको लागि फाइनल तोकिएपनि फाइनलका अर्का प्रत्यासी ओखलढुंगाका सरोज नेवा फाइनल अघि नै वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया प्रस्थान गरेपछि आयोजक नेपाल प्रोफेसनल बक्सिङ कमिसनले फाइनलमा प्रवेश गरेका मनिष डंगोललाई सोमबार च्याम्प अफ च्याम्पियन घोषणा गरेका हुन् ।
सरोज इपिएसको परीक्षा उत्तीर्ण गरेर प्रतियोगिताको फाइनल अघि नै कोरिया प्रस्थान गरेका हुन् । म्याक्स बक्सिङ प्रोमोसनका सिइओ मनोहर बस्नेत (म्याक्स) ले सरोज वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको कारण मनिषलाई च्याम्पियन घोषित गरेको जानकारी दिए ।
‘फाइनलका प्रत्यासी सरोज इपिएस परीक्षामार्फ नाम निकालेर दक्षिण कोरिया गएकोले खेल तालिका अनुसार फाइनल गर्न सकेनौं, सबैसँग सल्लाह गर्दै मनिषलाई विजेता बनाएका हौ ’ म्याक्स बक्सिङका सिइओ म्याक्सले पत्रकार सम्मेलनमा भने, ‘सिजन वानमा विविध कारणले सोचेजस्तो गर्न सकिएन । सिजन वानले हामीलाई धेरै पाठ सिकाएको छ । भने नेपाली बक्सिङले पनि प्रतिभावान बक्सर पाएको छ ।’
नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा रहेर म्याक्स बक्सिङ र डान्सिङ याकले आयोजना गरेको प्रतियोगिताको उपाधि बेल्टसँगै मनिषले २ लाख नगद हात पारे । मनिषलाई डान्सिङ याकका सुजित डंगोलले बेल्ट प्रदान गरेका थिए ।
यस्तै नेपाल प्रोफेसनल बक्सिङ कमिसनका कोषाध्यक्ष लाल बहादुर महर्जनले २ लाखको चेक हस्तान्तरण गरेका थिए । म्याक्स बक्सिङका सिईओ म्याक्सले मनिषको लागि भिसा प्रक्रिया सुरु भैसकेको जानकारी गराए ।
त्यस्तै सिईओ म्याक्सले अन्य संघ सस्थाले च्याम्प अफ च्याम्पियन्सको बेल्ट म्याच गराउन चाहेमा नेपाल प्रोफेसनल बक्सिङ कमिसनबाट स्वीकृति लिनुपर्ने र उक्त बेल्ट म्याचको विजेतालाई एक लाख रुपैयाँ प्रदान गर्नुपर्ने बताए ।
च्याम्पियन बनेका काठमाडौंका मनिषले फाइनल खेलेरै च्याम्पियन बन्न पाएको भए छुट्टै आनन्द आउने बताए । ‘फाइनल नै नखेली च्याम्पियन बन्दा केही खल्लो त पक्कै भएको छ । फाइनलका प्रतिद्धन्द्धी सरोजको व्यक्तिगत कारणले फाइनल हुन सकेन । सरोजलाई वैदेशिक रोजगार सुखमय वितोस भन्न चहान्छु ’ मनिषले भने ।
गत मंसरमा राजधानीको महाराजगञ्जस्थित जिमखानामा भएको सेमिफाइनलमा ओखलढुंगाका सरोज सेवाले अर्घाखाचीको यादव थापालाई नकआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
मनिस डंगोलले रौतहटका सुरेन्द्र कार्कीलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यतिबेला फाइनल माघलाई तय गरिएपनि विभिन्न राष्ट्रिय प्रतियोगिताले उक्त च्याम्पयनसिपको फाइनल खेल बैशाखलाई सारिएको थियो ।
म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा नेपालमा पहिलोपटक च्याम्प अफ च्याम्पियन्स गत जेठ महिनाबाट शुरु भएको हो । पहिलो चरणमा विभिन्न १६ बक्सरले सहभागिता जनाएका थिए ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]