7 years ago
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली पदक विजेता विमला तामाङमाले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । न्यूयोर्कमा भएको २३ औं हिराल्डो बार्षिक सातोकान सोबुकान अन्तर्राष्ट्रिय कराते कप प्रतियोगिताको महिला एकल कातामा विमलाले पहिलो स्थान प्राप्त गरेकी हुन् ।
एल्मकोर सेन्टरमा भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य, नेपाली, इक्वेडर र मेक्सिकन खेलाडी गरि ३ सय बढीको सहभागिता रहेको
विमलाले हाम्रो खेलकुदलाई जानकारी दिइन् ।
विमलाले सन् २०१४ मा कोरियाको इन्चोन एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाएकी थिइन् । उनले एकल कातामै कास्य पदक जितेकी थिइन् । एसियाडमा पदक जितेपछि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी उनी केहि समयपछि अमेरिका पुगेकी थिइन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]