7 years ago
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि जापानमा टोकियो ओलिम्पक हुदैछ । ओलम्पिक आउन २ वर्ष भन्दा बढी समय बाँकी रहँदा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन जुडो खेलाडी फूपूल्हामू खत्रीले ओलम्पिक अघिसम्म जापान मै प्रशिक्षण मौका पाएकी छिन् ।
ओलम्पिक सोलिडारिटी कोर्ष अन्र्तगत फुपूले उक्त प्रशिक्षणको मौका पाएकी हुन् । नेपाल जुडो संघको पहल, नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग र अल जापान जुडो फेडेरेसनको समन्वयमा राजधानी टोकियो नजिकै रहेको ताकाओका विश्वविद्यालयमा उनले २ वर्ष ३ महिना (टोकियो ओलम्पिकसम्म) सम्म उनले अध्ययनका साथै जुडो प्रशिक्षण गर्ने जुडो संघका अध्यक्ष दीपकहर्ष ब्रजाचार्यले जानकारी गराए ।
उनको त्यहाँको सबै खर्च अल जापान जुडो फेडेरेसनले नै बेहार्नेछ । २ वर्ष ३ महिना जापानमा रहँदा फुपूले कानून अध्ययनको साथै सोही युनिभर्सिटीमै जुडो प्रशिक्षण गर्नेछिन् । यस्तै जुडो संघका अध्यक्ष बज्राचार्यले जुडोकी अर्का खेलाडी मनिता श्रेष्ठ प्रधानलाई आसन्न एसियाडपछि जापान मै प्रशिक्षणको लागि पठाइने बताए ।
नेपालमै रोमानियाका प्रशिक्षक रहेका कारण र भर्खरै माध्यमिक शिक्षा (एसईई) परीक्षा दिएर बसेका कारण नतिजा आउनुभन्दा अघि नै पठाउन केही समस्या भएका कारण सँगै पठाउन नसकिएको बताए । फुपू सोमबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । उनलाई सांसद् तथा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्षले बिदाई गरे ।
विदाईपछि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकबाट फर्किसकेपछि नै ओलम्पिकमा नेपाल अब सहभागिता मात्रै नै परिणाममुखी बनाउने तयारीमा रहेको बताए । ‘हामीले यसअघि नै भनिसकेका थियौ ।
ओलम्पिकमा अब नेपालको सहभागिता मात्रै रहँदैन । परिणाममुखी हुनेछ ’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिले जस्तो अब २/३ महिनाको प्रशिक्षण हुदैन । खेलाडीहरुले अब नियमित प्रशिक्षण गर्ने मौका पाउनेछ । पछिल्लो केही समय केही बाधा अड्चन आएपनि हामीले काम गरिहेका थियौ ।’
फुपूले जापानको तयारीले इण्डोनेशियामा हुने एसियाली खेलकुदमा राम्रो प्रदर्शन तथा साग गेम्समा स्वर्ण रक्षाका लागि फाइदाजनक हुने बताइन् । यसबीचमा फुपु एसियाड र नेपालमा हुने १३ औं सागका लागि नेपाल आउने छिन् ।
१३ औं साग २०१९ को मार्चका नेपालमा आयोजना हुने तय भएको छ । फुपुले रियो ओलम्पिक अघि पनि ओलम्पिक सोलिडारिटी कोर्ष अन्र्तगत नै पाँच महिनासम्म हंगेरीमा विशेष प्रशिक्षणको मौका पाएकी थिईन् । सोही प्रशिक्षणले फुपु रियो ओलम्पिकमा पुरा समय खेल्न सफल थिईन् भने १२ औं सागमा स्वर्ण जित्न सफल भएकी थिईन् ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]