default_image

7 years ago

April 27, 2018

पोखरामा ह्याण्डबलका लागि ४ करोड

96 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै ह्याण्डबल खेलको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबलको पूर्वाधार निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल र कर्मचारीलाई निर्देशन दिंदै यथासिघ्र टेण्डर आह्वान गर्न भनेका छन् ।

१३ औ सागका लागि पूर्वाधार विकासमा आफु अब पछि नहट्ने भन्दै विष्टले ह्याण्डबलका केन्द्रिय अध्यक्ष तेज गुरुङ र जिल्ला अध्यक्ष जग बहादुर गुरुङलाई ह्याण्डबलले तयार पारेको नक्सा अनुसार काम सुरु हुने आश्वासन दिएका छन् ।

उक्त नक्साको लगत एस्टिमेट अनुसार पोखरा रंगशालमा करिब ४ करोड ७ लाखको मिनी कभर्डहल तयार हुने ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन् ।अध्यक्ष गुरुङले सदस्य सचिव विष्टकै रोहवरमा ह्याण्डबल पूर्वाधारको नक्शा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष जगराज पौडेलले बुझेका थिए । अध्यक्ष पौडेलले आफ्नो जिम्मामा आउने सबै काम समयमा नै सक्ने गरि अगाडी बढाउने बताए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.