7 years ago
April 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ध्रुबराज न्यौपानेको अध्यक्षतामा नेपाल कुराँश संघको १८ सदस्यीय केन्द्रिय समिति निर्वारोध चयन भएके छ ।
शनिबार भएको साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामालाई चयन गर्यो ।
सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, विकासविक्रम शाह, जय गुरुङ, दीपक श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, हरि श्रेष्ठ, पदमबहादुर कुँवर, यसुकुमारी लामा र असल राई निर्विरोध निर्वाचित भए ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले केन्द्रिय समितिका पदाधिकारी र सदस्यलाई प्रमाण पत्र वितरण गरे । त्यसअघि शेर्पाले नै साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभामा कुराँशमा अन्तर्राष्ट्रिय पदक जित्ने भगवती माझीलाई सम्मान गरियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]