7 years ago
April 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं लिमिटेडले बक्सर मनोहर बस्नेत (म्याक्स) लाई १ वर्षको लागि प्रायोजन गरेको छ । आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिताको जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा म्याक्सलाई प्रायोजन गर्न लागिएको जानकारी गरायो ।
आइएमईं लिमिटेडका रिलेसनसिप मेनेजर राजु पौडेलले म्याक्सलाई प्रायोजन पत्र हस्तान्तरण गरेका थिए । सन् २००० देखि विभिन्न बक्सिङ प्रतियोगितामा सहभागी भई १३ पटकसम्म बक्सिङ च्याम्पियन बन्न सफल भएका खेलाडी म्याक्स लाई १ वर्षको लागि ८० हजार मा प्रायोजन गरेको हो ।
यो प्रायोजनसँगै म्याक्सले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदा आइएमईंको लोगो अंकित प्रचरात्मक टिसर्ट लगाउनेछ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]