default_image

7 years ago

April 27, 2018

नेपाल सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा यसअघिको सफलतालाई पनि जोगाउन सकेन ।

तेस्रो स्थानका लागि कीर्गिस्तानसँग शुक्रबार भएको खेल ३–० को सेटमा गुमाएपछि नेपाल पदकबाट विमुख भएको हो । गत वर्ष नेपालले सोहि च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष टोलीले प्राप्त गरेको अहिले सम्मकै ठूलो र पहिलो औपचारिक पदक थियो ।

यसपटक फाइनल सम्म पुग्ने लक्ष्यका साथ बंगलादेश पुगेको टोली अन्ततः रित्तो हात फर्कने भएको छ । नेपालले कीर्गिस्तानसँगको खेल २५–२०, २५–२२, २५–२० ले खेल गुमाएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.