7 years ago
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ ।
राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक सोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् ।
छनोट प्रतियोगिता बैशाख १५ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । छैटौं र सातौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा अफिसियल सिनियर साफ च्याम्पियनसिपका पदक विजेता खेलाडीले छनोटमा सहभागिता जनाउने पाउने छन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]