default_image

7 years ago

April 23, 2018

ट्रायथोलनको तयारी पुरा, एकेडेमी बन्ने सम्भावना

114 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पोखरामा यहि साता ‘छैटौं दक्षिण एसियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा शनिबार हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ  ।

कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका सहभागीले ट्राइयाथनल अन्तरगतको स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी पश्चात बाराही घाट देखि मुस्ताङ चोक सम्म चार ल्यापको २० कि.मि. साइक्लिङ, र ५ किलोमिटरको दौड पुरा गर्नुपर्नेछ ।

दुवाथलन का सहभागीले ५ कि.मि. दौड २० कि.मि. साइक्लिङ र २.५ कि.मि. दौड पुरा गर्नुपर्ने हुन्छ । पोखरामा आयोजना हुने प्रतियोगिता बाट भदौमा इण्डोनेशियाको जर्कातामा हुने १८ औं एसियाली खेलकुदका लागि समेत खेलाडी छनोट गरिने बताइएको छ । दक्षिण एसियामा उत्कृष्ट ट्रायथोलनका लागि पोखरा उत्कृष्ट स्थल भएको उल्लेख गर्दै अध्यक्ष देवकोटाले सहभागी मध्ये १५ जना महिला रहने बताए ।

स्थानिय महिला तथा पुरुष खेलाडीहरुको सहभागिता बढाउन प्रयास भइरहेको जानकारी दिदै अध्यक्ष देवकोटाले प्रतियोगिता खुल्ला भएकाले विदेशी खेलाडीको सहभागिता रहने जबताए । दक्षिण एसियाली तर्फ हाल सम्म भारत र बंगालादेशले नाम दर्ता गराइसकेको पाकिस्तान तथा श्रीलंकाले पनि सहभागिता जनाउने सम्भावना रहेको अध्यक्ष देवकोटाले जनाए ।

राष्ट्रिय गौरबको रुपमा रहेको ट्रायथोलन खेललाई विकास गर्ने प्रयास भइरहेकोले पोखरामा राष्ट्रिय ट्रायथोलन एकेडेमी स्थापना गर्न सोको अध्ययनका लागि राष्ट्रिय खेलकुद परिषदले २५ लाख छुट्टाएको बताए । उनले भने–‘पहिलो चरणको काम सुरु भएको छ यसमा सबैको सहयोग आवश्यक छ ।’

पोखरा लेखनाथ वडा नं २१ स्थित पुम्दी भुम्दीमा एकेडेमी स्थापनका लागि जग्गा खोजि भइरहेको जानकारी दिंदै अध्यक्ष देवकोटाले फेवातालको पानीको शुद्धता मापन गर्न प्रयोगशालामा पठाइएको बताए । पोखरालाई विश्वको उत्कृष्ट ट्रायथोलन गन्तव्यको रुपमा आवश्यक पूर्वाधार निर्माण र जग्गाका लागि प्रदेश र स्थानिय सरकारले पनि थप चासो दिनु पर्ने उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले ट्रायथोलन खेल नेपालको सन्दर्भमा उत्कृष्ट र आशा लाग्दो खेल रहेको बताउँदै १३ औं दक्षिण एशियाली खेल (साग) मा नेपालले स्वर्ण पदक जित्ने सम्भावना रहेको बताए ।

उनले ट्रायथोलन खेल अन्य खेलको तुलनामा प्राथमिकतामा नै रहेको बताउँदै ट्रायथोलन खेललाई थप व्यवस्थित बनाउन सक्ने हो भने पोखरा खेलकुद गन्तव्य शहरको रुपमा बिकास हुने बताए । कास्की जिल्ला ट्रायथोलन संघका सचिब तथा कास्की जिल्ला खेलकुद बिकास समिती कार्यालय प्रमुख प्रकाश बरालले प्रतियोगिताका लागि झन्डै ८ लाख रुपैयाँ खर्च हुने बताए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.