7 years ago
April 22, 2018
पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औ एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना रहेको बताएका छन् । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीलाई शुमकामना दिने क्रममा मन्त्रीले विश्वास व्यक्त गरेका हुन् ।
एसियाली खेलकुदमा पहिलो पटक समावेश प्याराग्लाइडिङमा नेपालले पनि भाग लिने तयारी गरिरहेको छ । यो अवसरलाई राष्ट्रको गरिमा बढाउने गरि खेलाडीलाई प्रर्दशन गर्न आग्रह गर्दै मनत्री विश्वकर्माले भने–‘नेपालले प्याराग्लाइडिङ खेल बाट पदक प्राप्त गर्नेमा शत प्रतिशत ढुक्क छौं ।’
नेपालको खेलकुद क्षेत्र समस्या ग्रस्त रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलमा अनुशासन र विधिको खाँचो भए पनि यस्तो मर्यादित क्षेत्रमा अराजकता, स्वेच्छारी र विवाद बढनु दुःखद भएको बताए ।
उनले १८ औ एसियाली खेलमा जाने अफिसियलहरु लाई कडाईका साथ नियन्त्रण गर्ने बताउँदै भने–‘कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरि देशको शान बढाउन जानु पर्नेमा देशको इज्जत प्रतिष्ठालाई समेत बन्धक बनाउँदै खेलकुदलाई घुम्न र मनोरंजन गर्ने विगतको परिपाटीलाई पूर्ण रुपमा निरुत्साहित गर्छौ ।’
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्व तयारी स्वरुप १८ औ एसियाली खेलकुदमा २८ खेलमा नेपालको सहभागिता रहने जनाउँदै मन्त्री विश्वकर्माले राष्ट्रले पदक प्राप्त गर्ने सम्भावना रहेका खेलमा लगानी गर्न पछाडी नपर्ने बताए ।
उनले भने –‘मितव्ययी हुने कुरामा मितव्ययी हुन्छौं तर पदकका प्राप्त गर्ने खेलमा खुलेर लगानी गर्छौ र सोही अनुसार खेलाडी छनौट पनि गर्छौ ।’मन्त्री विश्वकर्माले १८ औं एसियन गेम्स लोगो अंकित टिसर्ट खेलाडीलाई प्रदान गरेका थिए ।
कार्यक्रममा मन्त्री विश्वकर्मालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र रावत, नेपाल हवाई खेलकुद संस्थाका सचिब कृष्ण भण्डारी, संघका सचिव इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुवेदीले स्वागत गरेका थिए ।
एसियाडमा प्याराग्लाडिङको ३ पदकका लागि नेपालका १० खेलाडी प्रतिनिधित्व गर्नेछन् । यो खेलमा ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलवार त्यसतर्फ जाने भएको टोली छ। ११ खेलाडीसहितको टोलीलाई सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे। महिला (कुमुते): प्रशिक्षक व्यवस्थापक
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा मंगलवार सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत यो सातौँ प्रतियोगिता हो। ७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले […]
May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्वदेश गुरुङले टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कप- एमेच्योर सिरिजको उपाधि जितेका छन्। आज गोकार्ण गोल्फ क्लबमा स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फारम्याटमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२ अंककासाथ उपाधि जितेका हुन्। उपाधिसँगै उनी आगामी नोभेम्बरमा एन्टाल्यामा हुने टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कपको ग्राण्ड फाइनलमा पनि छनोट भएका छन्। आङ डेन्डी शेर्पा काउन्ट ब्याकमा दोस्रो भए। […]