default_image

7 years ago

April 18, 2018

राष्ट्रिय भलिबल टोलीलाई उपलब्धि रक्षा गर्ने चुनौती

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो ।

कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ बजे बिमान बंगलाबाट ढाका प्रस्थान गर्नेछ ।


नेपालले बंगलादेशमा कुनै न कुनै पदक जित्न सके त्यो उपलब्धि सारा नेपालीहरुको लागि नयाँ वर्षको उपहार हुनेछ । यही प्रतियोगिताको लागि नेपाली टोलीले गत फागुनबाट नै प्रशिक्षण सुरु गरेको थियो । यस अर्थमा गतवर्ष नेपालले केवल १० देखि १२ दिनको प्रशिक्षण गरेर पहिलो ऐतिहासिक पदक जित्न सफल भएको थियो ।

प्रशिक्षणको हिसावले भन्नु पर्दा नेपाली टोली अहिले स्वर्ण जित्ने लक्ष्यमा छ । चौथो संस्करणमा सहभागिता जनाएका च्याम्पियन किर्गिस्तानसहित सबै टोलीको स्तर समान छ ’ बाहेक अन्य सबै टोलीको उही स्तर छ । यही च्याम्पियन टोलीसँग पनि पाँच सेट खेलिसकेका कारण टोली यसपटक बंगलादेशबाट स्वर्ण लिएर नै फर्कने प्रशिक्षक जगदश भट्ट बताउछन् ।

‘हामीले विगतका प्रतियोगिताहरुमा थोरै प्रशिक्षण गरेर पनि महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छौं । यसपटक टोलीले ४५ दिनभन्दा बढी निरन्तर प्रशिक्षण गर्ने मौका पाए । यो अवसरलाई खेलाडीहरुले पक्कैपनि उम्कन दिनेछैन ’ प्रशिक्षक भट्टले भने, ‘हामी स्वर्ण जित्नका लागि पनि सक्षम छौं । किनभने हामीले च्याम्पियन टोलीसँग बेष्ट अफ फाइभ खेलिसकेका छौं ।’

‘बंगलादेश, माल्दिभ्स, तुर्केमिनिस्तानजस्ता टोलीलाई पराजित गरिसकेका छौं । नयाँ पुराना खेलाडीहरुको समिश्रणले उपलब्धिमुलक नतिजा आउनेमा विश्वस्त छु ’ टोलकिा अर्का प्रशिक्षक बलराम क्षेत्रीले तयारी राम्रो भएकाले यसपटक स्वर्ण जित्ने लक्ष्य रहेको सुनाए । उनले पुराना केही खेलाडी घाइते रहेपनि टिममा प्रवेश भएका नयाँ खेलाडीहरु पनि राम्रो रहेको बताए ।

यता राष्ट्रिय टिमका कप्तान इम बहादुर रानाले तयारी राम्रो रहेकाले यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताए । ‘यसपटक हामीले करिब ४५ दिन म्याटमा निरन्तर प्रशिक्षण गर्न पाएका छौं । यो भन्दा अघि यस्तो सुविधा थिएन । तयारीको हिसावले हाम्रो लक्ष्य फइनल जित्नु हो ’ कप्तान इमले भने, ‘सबै टिमँग हामीले प्रतिस्पर्धा गरिसकेका छौं । सबै टोलीको स्तर समान छ । जसले गर्दा पनि टिमको लक्ष्य फाइनल पुग्नु नै हो ।

उनले यसपटक टिममा ५ खेलाडी आएपनि एक नयाँ खेलाडीले प्लेइङ सेटबाट खेल्न सक्ने बताए । ‘चोटका कारण हामीले हाम्रो मुख्य खेलाडी भैरव वमलाई गुमाएका छौं । उनको अभाव खड्कने छ । तर, उनको स्थानमा आएका नयाँ खेलाडीले यो अभाव पुरा गर्नेमा विश्वस्त छु ।’ कप्तान इमले भने ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणदेखि नै च्याम्पियनसिपमा सहभागिता जनाउनदै आएको थियो । दोस्रो संस्करणसम्म पदक जित्न असफल रहेको नेपालले गतवर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणमा कास्यपदक जित्दै नेपाली भलिबलमा ४२ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए ।

चौथो संस्करणको सेन्ट्रल जोन च्याम्पियनसिपमा विभिन्न ९ देशको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । च्याम्पियनसिप बंगलादेशको ढाकामा ८ वैशाखबाट १६ वैशाखसम्म हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, किर्गिस्तान, तुर्केमिनिस्तान, काजकिस्तान र ताजकिस्तानको सहभागिता रहनेछ ।

च्याम्पियनसिपको टाइसिट भने सार्वजनिक गरिएको छैन । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, वैदेशिक रोजगार महासंघका प्रतिनिधि लगायतले बिदाई गरे ।

नेपाली टोली
१ः इम रानामगर (कप्तान)
२. कुल बहादुर थापा
३.मान बहादुर श्रेष्ठ
४.धनबहादुर भट्ट क्षेत्री
५.हरि अधिकारी
६. नरेन्द्र गिरी
७. दीपकराज जोशी
८.सुरेन्द्र बम
९.राजु थकाली शेरचन,
१०.ईश्वर थापामगर
११.विनोद चन्द
१२. दिनेश गिरी
प्रशिक्षक : जगदिश भट्ट, बलराम क्षत्री
राजु थकाली शेरचन, दीपकराज जोशी, सुरेन्द्र बम, विनोद चन्द र दिनेश गिरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.