7 years ago
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाईं गरे । विदाईमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, उपाध्यक्ष धर्ममान बज्राचार्य र महासचिव शंकर गौतमको उपस्थिति थियो । सो अवसरमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली टिम कप टेबलटेनिसमा दोस्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको थियो ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]