default_image

7 years ago

April 17, 2018

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ ।

सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने बताइएको छ । सम्झौता १ वर्षको रहेको कार्यक्रममा जानकारी दिइयो । अघिल्लो संस्करणमा पनि शिवम्ले ३ लाख रुपैयाँको प्रायोजन गरेको थियो । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद र २ लाख रुपैयाँबाट बराबरको मञ्चलगायत अन्य व्यवस्थापनमा खर्च गर्ने बताइएको छ ।

शिवम्का प्रोजेक्ट हेड निखिल अग्रवालले खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रायोजनलाई भविष्यमा पनि निरन्तरता दिने जानकारी दिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलकुदको विकासका लागि निजी क्षेत्रको आवश्यकता भएकाले शिवम् सिमेन्टले भलिबलमा लगानी गरेर राष्ट्रिय खेलको विकासमा योगदान गरेको भन्दै धन्यबाद दिए ।

त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब , एपिएफ क्लब सँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई मुख्य–प्रायोज,सह–प्रायोजन र प्रायोजकको नामबाट अवार्ड प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.