default_image

7 years ago

April 15, 2018

कार्कीलाई मञ्चको शुभकामना र सहयोग

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सगरमाथा आरोहणको तयारीमा रहेको प्रथम महिला पत्रकार टोलीकी सदस्य खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामना कार्यक्रम आयोजना गर्दै आइतबार आर्थिक सहयोग समेत गरेको छ ।

मञ्च, एआइपिएस र एआइपिएसको झन्डा हस्तान्तरण गर्ने क्रममा दायाँबाट क्रमश : मञ्चका उपाध्यक्ष सञ्जिव शिल्पकार, प्रथम उपाध्यक्ष देवेन्द्र सुवेदी, अध्यक्ष महेश आचार्य र मञ्चकी सदस्य प्रिया लिक्ष्मी कार्की ।

 

मञ्चका सदस्यहरु र अन्य खेल संस्था, खेल पदाधिकारीबाट संकलित १ लाख रुपैयाँको चेक र मञ्चको झन्डा अध्यक्ष महेश आचार्यले कार्कीलाई हस्तारण गरे । मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले एआइपिएस एसियाको , उपाध्यक्ष सञ्जिव शिल्पकारले एआइपिएसको झन्डा हस्तान्तरण गरे ।

खेल पत्रकार प्रियालक्ष्मी कार्की

नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की, मञ्चका उपाध्यक्ष श्रीलोचन राजोपाध्याय र मञ्चका महासचिव प्रकाश तिमल्सिनाले खादा लगाई कार्कीलाई शुभकामना दिए । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको झन्डा उप महासचिव डिल्ली काफ्लेले हस्तान्तरण गरे ।

मञ्चका अध्यक्ष आचार्यले कार्की र उनको टोलीसँग खेलकुद पत्रकारका साथै सम्पूर्ण खेलकुद जगतकै सफल आरोहणका लागि शुभच्छा रहेको बताए । उनले आर्थिक संकलनमा सहयोग पु¥याउने मञ्चका सदस्य र अन्य सहयोगीलाई धन्यवाद दिएका थिए । न्यू २४ मा कार्यरत मञ्चकी कार्कीले सबैको शुभकामनाले हौसला बढेको सुनाउँदै मञ्चलाई धन्यवाद दिइन् ।

रुस्लान थ्री स्टार क्लब र राखेप कर्मचारी संघ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले समान १० हजार, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले ६ हजार र राखेपका उपाध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र आर्चरी संघका महासचिव रमेश शिवाकोटीले समान ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

समानताका लागी बुलन्द आवाज नारा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीमा कार्कीसहित रोशा बस्नेत (राष्ट्रिय समाचार समिति),कल्पना महर्जन (मेघा टेलिभिजनं, रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन् ।

एक वर्ष देखि तालिम र तयारीमा रहेका टोलीलाई चाईनाको आर्कटस कम्पनी, ड्रिमर्स डेस्टिनेसन टे«क एण्ड एक्स्पिडिसन कम्पनी, बाराह ज्वेलरी, कृपा फाउण्डेशन, एड्भान्स सिमेन्ट, नर्भिक हस्पिटल, साहस स्पोटर्स, पञ्चकन्या गु्रप, कृषि विकास बैक, माछापुच्छे« बैक लयागतको आर्थिक सहयोग रहेको छ । यो आरोहि समुहले सगरमाथाको बेस क्याम्पबाट चुचुरो सम्म हरेक क्याम्पबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ । नेपाल टलिभिजनबाट यसको प्रत्यक्ष प्रसारण हुनेछ भने यसको सयोजन आईफो टेक्नोलिजीले गर्नेछ ।

 

 

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.