7 years ago
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिना पछि इन्डोनेसियामा हुने एसियन गेम्सका लागि बक्सिङका १० खेलाडी छनोट भएका छन् ।नेपाल बक्सिङ संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताको अन्तिम दिन शुक्रबार ३ र अन्य ७ खेलाडी पहिलो दिन बिहिबार छनोट भएका थिए ।
पुरुष ५२ केजी तौल समूहमा आर्मीा प्रेम चौधरीले एपीएफका बिक्रम परियारलाई अंकका आधारमा हराउदै छनोट भए । त्यस्तै ६९ केजी तौल समूहमा आर्मीका बिष्णु प्रसाद घलेले एपीएफकै बिकास बल लामालाई अंकको आधारमा पराजित गदै छनोट चरण पार गरे । महिला ५१ केजी तौल समूहमा आर्मीकै बिमला श्रेष्ठ छनोट भइन् । उनले एपीएफकी माला राईलाई अंकका आधारमा हराईन् ।
बिहिवार छनोट भएका अन्य खेलाडीमा पुरुष ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवा, पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोका, पुरुष ६० केजीमा आर्मीका एकवहादुर घले, पुरुष ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ रहेका छन् । त्यस्तै महिला ५७ केजी तौल समूहमा एपीएफकी संगिता सुनार र महिला ६० केजीमा आर्मीकी पुनम रावल रहेका छन् ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले एसियान गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले तीन महिला र चार पुरुष खेलाडीको कोटा उपलब्ध गराएपनि १० खेलाडी नै सहभागिता गराउने उद्देश्यले १० छनोट गरिएको बताए ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]