default_image

7 years ago

April 12, 2018

तेक्वान्दोमा चुनदेवी र न्युजेन टिम च्याम्पियन

109 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो न्युजेन खुला तेक्वान्दो च्याम्पियनसिपमा चुनदेवी क्लब र न्युजेन क्लब टिम च्याम्पियन बनेका छन् । सात स्वर्ण पदक पदकसहित चुनदेवी ग्योरोगीतर्फ टिम च्याम्पियन बन्दा ४ स्वर्णसहित ढल्कु डोजाङ दोस्रो र ३ स्वर्ण पदकसहित गोदावरी फिटनेस तेस्रो भएको छ ।


पुम्सेतर्फको टिम च्याम्पियन न्युजेनका खेलाडीका साथ अन्य ।

पुम्सेतर्फ १३ स्वर्ण पदक जित्दै न्युजेन टिम च्याम्पियन बनेको छ । पुम्सेमा ७ स्वर्णका साथ न्यू गोल्ड दोस्रो र ४ स्वर्ण पदकसहित ब्लू बर्ड स्कुल तेस्रो भएको छ । प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन बिहीबार च्याम्पियनसिपको जुनियर पुम्से ह्वाइट बेल्टमा काव्या चन्दले स्वर्ण पदक जितिन्  । न्युजेनका मानस आचार्यले रजत तथा ह्याप्पी होमका सुशिला पुन मगर सुप्रिम स्कुलका उज्जव पुनले कास्य पदक जिते ।

जुनियर ब्लाक बेल्ट पुम्सेमा न्युजेनका गायोङ सिनले स्वर्ण, विकास महर्जनले रजत तथा न्युजेनका सुजन गुरुङ र शंखमुलका मनीष श्रेष्ठले संयुक्त रुपमा कास्य पदक जिते । जुनियर यल्लो देखि ग्रिन बेल्टमा सुप्रिमकी तारा वाइवाले स्वर्ण, सिन्धुपाल्चोक रितेश श्रेष्ठले रजत तथा न्यू गोल्डका सृजन मगर र सिन्धुपाल्चोकका दीपेश डंगोलले कास्य पदक जिते ।

ग्योरोगीतर्फको छात्रा ४५ केजी मुनिको तौल समूहमा नार्गजुनकी सुस्मिता तामाङ पहिलो भइन् । न्युजेनकी समृद्धि आचार्य दोस्रो भएको उक्त तौल समूहमा ब्लूबर्डकी सारोन थापामगरले तेस्रो स्थान प्राप्त गरिन् । क्याडेट ब्वाइज २५ केजी मुनिको तौल समूहमा न्युजेनका सामुयल धिमालले स्वर्ण, सिन्धुपाल्चोका सुजितकुमारले रजत तथा चुनदेवीका मिलन लामा र जिरीका सन्जित राईले संयुक्त रुपमा कास्य पदक जिते ।

न्युजेन तेक्वान्दो सेन्टरको आयोजनामा दुई दिन सम्म चलेको प्रतियोगितामा २० जिल्लाका ६ सय बढी खेलाडीको सहभागिता रहेको थियो । न्युजेनका निर्देशक सिन चोलोवान, न्युजेनका अध्यक्ष प्रविण थापालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे । समापनमा तेक्वान्दोका राष्ट्रिय खेलाडी यानकुमारी चौलागाई, ज्ञानी चुनारा र ज्ञानेन्द्र हमाललाई सम्मान गरिएको थियो । सम्मानित तीन खेलाडी एसियाली खेलकुदका लागि छनोट भएका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.