default_image

7 years ago

April 12, 2018

खेल पत्रकार प्रियालाई शुभकामनासहित राखेपको झण्डा

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न तयारीमा रहेकी न्यु २४ टेलिभिजनकी कार्यरत नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको छ ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार आयोजना गरिएको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झण्डा हस्तान्तरण गरिएको हो ।राखेपले प्रियालाई ३० हजार रुपैयाँको चेक सोही अवसरमा हस्तान्तरण गर्यो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रियालाई सफल आरोहणका लागि शुभकामना दिदै झण्डा हस्तान्तरण गरे । सो अवसरमा सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसी उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पनि प्रियालाई सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरेका थिए ।

प्रिया आफ्नो अभियान पूरा गर्ने सिलसिलामा सोमबार काठमाडौंबाट गन्तब्यतर्फ प्रस्थान गर्नेछिन् । प्रिया महिला पत्रकार आरोहण दलकी सदस्य हुन् । शुभकामना आदन प्रदान कार्यक्रममा खेलाडीले नृत्य, गीतलगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

May 23, 2025

कमल र निकेन अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व चेस खेलाडी कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इङ्ल्याण्डका गरि १ सय २७ जना खेलाडी सहभागी छन्‌ । भक्तपुर युवा टिमले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंकका साथ शीर्ष स्थानमा छन्। पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा […]

May 23, 2025

कोर्स रेकर्ड सहित शुक्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै डेढ वर्षपछि घरेलु टुरमा कमब्याक गरेका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। समग्रमा १७-अन्डर २ सय ५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सदभाव आचार्यले रोयल नेपाल गल्फ क्लबको चार दिनको प्रतियोगिताको रेकर्ड तोडेका हुन्। सदभावले यही सिजन काठमाडौँ ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड […]

May 22, 2025

जुडो टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध […]

Success

Thank you for your time.