7 years ago
April 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ ।
नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर २१ देखि २८ गते सम्म सञ्चालन गर्ने तय गरेको छ ।
राखेपका अध्यक्ष समेत रहेका सुनार मन्त्री बनेयता राखेपको यो पहिलो बैठक हो । मंसिर मा आठौं आयोजना गर्ने भनिएपनि यसअघि मिति भने तय भएको थिएन । गत वर्ष पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको समापनका दौरान मध्यपश्चिमलाई आठौं आयोजनाको जिम्मेवारी तोकिएको थियो ।
मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकदुलाई लक्षित गर्दै भौतिक पूर्वाधार निर्माणको काम तीब्रगतिमा अघि बढेकोले तोकिएकै समय भित्र प्रतियोगिता सक्ने विश्वास व्यक्त गरे । ओलीका अनुसार नेपालगन्ज रंगशाला, मध्यपश्चिमाञ्चल कार्यालयकै हाता भित्र पौडी पोखरी, भारोत्तोलन एकेडेमीलगायतका पूर्वाधार निर्माणको काम अघि बढेको बताए ।
May 28, 2025
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति भंग गरेर बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बैशाख २४ गते प्रभाकर राना (रिक्की) लाई संयोजक तोक्दै नयाँ तदर्थ समिति बनाइदिएका थिए […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपाल ५ स्वर्ण, १ रजत र ४ कांस्य पदकसहित उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य पदक जितेकि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको […]
May 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंउशालामा आज भएको फाइनलमा आर्मीले विभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई एकपक्षीय खेलमा २०-५ ले हराउँदै उपाधि जित्यो । आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता आर्मीकी मुना सोरेन उत्कृष्ट […]