default_image

7 years ago

April 10, 2018

एसियन गेम्सको प्रचारका लागि राजधानीमा फन रन

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँच महिनापछि हुने इन्डोनेसियामा हुने एसियाली खेलकुदको प्रचारका लागि ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अनुसार सोमबार बिहान एसियन गेम्स फन रन सम्पन्न भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, विभिन्न संघका पदाधिकारी गरि झन्डै ५ सयको सहभागितामा सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनबाट सुरु भएको फन रन सातदोबाटो, जावलाखेल, लगनखेल, पुल्चोक, मंगलबजार हुँदै पुन एनओसी भवन पुगेर टुंगेको थियो । फन रनका लागि ७ किलोमिटर दुरी तय गरिएको थियो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पियन तथा एसियाली खेलकुदका दुई पटकका कास्य पदक विजेता दीपक विष्टलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै फन रनको उद्घाटन गरेका थिए । टर्च एसियाली पदक विजेता आयशा शाक्य, मनीता शाहीदीपक महर्जनलगायत अन्य एसियाली खेलाडीले पनि पालै पालो बोकेका थिए ।

यसै बर्ष आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसिया हुँदैछ । जार्कर्ता र पालेमबाङमा आयोजना हुने एसियन गेम्सको प्रचार प्रसार र सामाजिक उत्तरदायित्वका लागि फन रनको आयोजना गरिएको एनओसीले जनाएको छ । यसपटक एसियान गम्समा ४० खेलको ४ सय ६२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

एसियन गेम्स फनको लागि एसियन गेम्स इन्डोनेसिया आयोजक कमिटिका मिडिया तथा पब्लिक रिलेसन उप निर्देशक रत्न इर्सना, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का मिडिया म्यानेजर जिन् झू जियान र ओसीएका अध्यक्ष अहमद अल फाहदका सचिव विस्सम टार्मनी नेपाल आएका छन् ।

मिडिया मेनेजरले एसियाका विभिन्न राष्ट्रमा फन रनको आयोजना गरिएको उल्लेख गर्दै एसियाली खेलकुदअघि सम्म ३० राष्ट्रमा आयोजना गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । पाकिस्तानबाट सुरु भएको फन रनको सोमबार १२ औं संस्करण पुरा भएको छ ।

May 31, 2025

कान्तिपुर हाफ म्याराथन – सन्तोषी र खडक च्याम्पियन

काठमाडौंं (हाम्रो खेलकुद)- ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका धावक खडकबहादुर खड्काले १३ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । राजधानीमा शनिवार खडकले १ घन्टा ६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए । धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन् । […]

May 31, 2025

नेपाल एमेच्योर ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् ।‌ ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक […]

May 30, 2025

४ खेलाडी शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौ महानगरपलिका वडा नं २४ को आयोजनामा नविन्द्रराज जोशीको स्मृतिमा दुई दिने र्यापिड  बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा आज सुरु भयो । पाँचौ चरणको खेल सकिँदा झापाका रिशोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन , जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेन  ५ अंक सहित संयुक्तरुपमा अग्रस्थानमा छन्। पाँचौ चरणमा रिशोनले सिएम भगवती प्रसाद […]

Success

Thank you for your time.