default_image

7 years ago

April 9, 2018

खेलकुद मन्त्रीसमक्ष खेलाडी संघको ध्यानाकर्षण

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा नियुक्त भएलगत्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बधाईसँगै आफ्ना मागको बारेमा ध्यानाकर्ष गराउने परम्परा छ ।

त्यहि परम्परालाई निरन्तरता दिने क्रममा खेल र खेलाडीको हितलाई लक्षित गर्दै संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री विश्वकर्मालाई ६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण ग¥यो ।
ध्यानाकर्षण पत्रमा खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात) भत्ता व्यवस्था गर्नु पर्ने, प्रतियोगिताको वर्गिकरण गरी पदक जित्ने खेलाडीलाई भत्ता उपलब्ध गराउन नीति बनाउनु पर्ने, नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण गर्न उनका अभिभावकलाई समेत खेल क्षेत्रमा भविष्य छ भन्ने आभाष हुने गरी नीति बनाउनु पर्नेमा जोड दिएको छ ।

त्यस्तै सबै खेलाडीको स्तर अनुसार पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी निश्चित सहुलियतका लागि पहल गर्नु पर्ने, खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्नु पर्ने र १३ औं दक्षिण एसियाली खेलकुद निर्धारित समय आयोजना हुनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

मन्त्री विश्वकर्माले आउने बजेटबाट एउता विधिको सुरुआत गर्ने गरी खेलाडीहरुलाई अब खेल क्षेत्रमा मेरो भविष्य हुन्छ भन्ने प्रत्याभूति दिन नयाँ बजेट मार्फत कार्यको प्रारम्भ गर्ने बताउदै चालू बजेटबाट पनि के गर्न सकिन्छ त्यसमा ध्यान दिने बताए । खेलाडी संघका अध्यक्ष श्रेष्ठले अहिलेको सरकार स्थायी सरकार भएकाले माग कार्यान्वयन हुनेमा आफू झन विश्वस्त भएको बताए ।खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खेल र खेलाडीको हितमा हुने कुनै पनि कार्यमा मन्त्रीज्यूलाई साथ दिन तयार रहेको बताए ।

May 24, 2025

एथलेटिक्स टोली दक्षिण कोरिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा हुने नेपाली खेलाडीले २६ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन्। ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिवार दक्षिण कोरिया प्रस्थान गरेको छ। गुमीमा जेठ १३ देखि १७ गते (मे २७ देखि ३१ सम्म ) हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । […]

May 24, 2025

आर्मीका सुशील र निशा हाफ म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुशील कुमार शाही र सोही क्लबकी निशा सार्कीले वान रन अन्तराष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन्। आज भएको दौडमा १ घण्टा ०५ मिनेट ५८ सेकेन्ड समयका साथ सुशीलले उपाधि जितेका हुन्।आर्मीकै विनोद रोकायालाई १ घण्टा ०६ मिनेट ११ सेकेन्डका साथ दोस्रो भए। नरेन्द्र सिंह रावत तेस्रो भए‌। उनले १ […]

May 24, 2025

रामेको टोलीलाई प्रो-एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेशनल खेलाडी रामे मगरको टोलीले सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ। रोयल नेपाल गल्फ क्लबमा आज रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो। एमेच्योर गल्फर सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे। प्रो भुवन नगरकोटीको टोलीले १ सय १७ अंक सहित दोस्रो स्थान […]

Success

Thank you for your time.