7 years ago
April 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको प्रचारका लागि ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अनुसार एसियन गेम्स फन रन नेपालमा पनि पहिलो पटक आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) को आयोजनमा मंगलबार बिहान एसियन गेम्स फन रन हुने भएको हो ।
यसै बर्ष आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसिया हुँदैछ । जार्कर्ता र पालेमबाङमा आयोजना हुने एसियन गेम्समा ४० खेलको ४ सय ६२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । उक्त एसियन गेम्सको प्रवर्दन र सामाजिक उत्तरदायित्वको लागि नेपालमा एसियन गेम्स फन रन आयोजना गर्न लागिएको बताइएको छ ।
एसियन गेम्स फन रनमा करिब १४ सयले सहभागिता जनाउने एनओसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । फन रनमा जो कोहिले पनि भाग लिन पाउने बताइएको छ । सातदोबाटोस्थित एनओसी भवनबाट बिहान ७ बजे सुरु हुने फन रन जावलाखेल, पुल्चोक, गाबहाल हुँदै पुन सातदोबाटो पुगेर सम्पन्न हुनेछ । एसियन गेम्स फन रन ७ किलोमिटरको हुनेछ ।
विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र पुलिस क्लबबाट समान एक सय खेलाडी तथा अन्य राष्ट्रिय खेल संघबाट कम्तीमा २० खेलाडीको सहभागिताका लागि आव्हान गरिएको फन रनका संयोजक एनओसी सदस्य अशोक बज्राचार्यले बताए ।
एसियन गेम्स फनको लागि एसियन गेम्स इन्डोनेसिया आयोजक कमिटिका मिडिया तथा पब्लिक रिलेसन उप निर्देशक रत्न इर्सना, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का मिडिया म्यानेजर जिन् झू जियान र ओसीएका अध्यक्ष अहमद अल फाहदका सचिव विस्सम टार्मनी नेपाल आएका छन् ।
मिडिया मेनेजरले एसियाका विभिन्न राष्ट्रमा फन रनको आयोजना गरिएको उल्लेख गर्दै एसियाली खेलकुदअघि सम्म ३० राष्ट्रमा आयोजना गर्ने लक्ष्य रहेको बताए । पाकिस्तानबाट सुरु भएको फन रनको नेपालमा आयोजना हुने १२ औं संस्करण भएको उनले जानकारी दिए ।
May 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। […]
May 28, 2025
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति भंग गरेर बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बैशाख २४ गते प्रभाकर राना (रिक्की) लाई संयोजक तोक्दै नयाँ तदर्थ समिति बनाइदिएका थिए […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपाल ५ स्वर्ण, १ रजत र ४ कांस्य पदकसहित उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य पदक जितेकि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको […]