7 years ago
April 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिक्षा,सरस्वती, पब्लिक युथ र जया बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । सरस्वती क्याम्पस लेखनाथ मार्गले घण्टाघर स्थित त्रिचन्द्र कलेजलाई २५–२२,२५–२३,२५–२० को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा पुगेको छ ।
जोरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्पसलाई २५–१३,२५–१९,२५–२० को सोझो सेटले पराजित गर्यो । जया बहुमुखी क्याम्पस जोरपाटीले प्रतिस्पर्धात्मक खेलमा कैलाली बहुमुखी क्याम्पसलाई २०–२५,२०–२५,२५–१६,२५–२१, १५–८ ले हराएको थियो ।
त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियाले प्रतियोगिताको उद्घाटन गरे । २२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले ५०, दोस्रो टोलीले ३० र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । चैत ३१ गते सम्म चल्ने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]