default_image

7 years ago

April 7, 2018

मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगियो

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का जनप्रतिनिधि सम्मिलित स्थानिय सरकार र पूर्व राष्ट्रिय खेलाडी सम्मिलित भूतपूर्व खेलाडी मंचबीच शनिबार भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाउन पोखरा रंगशालामा प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको कप्तानीमा स्थानिय सरकार र मञ्च अध्यक्ष तेज गुरुङको कप्तानीमा उत्रेको थियो ।

खेल सुरु भएको १५ मिनेट बितेपछिको बर्षाले बाँकी खेल भने हुन पाएन । मुख्त्र मन्त्रीले नेतृत्व गरेको टोलीमा प्रदेश सांसद र पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिसी, वडा अध्यक्षहरुको सहभागिता थियो । संयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि अप्रिल ६ लाई अन्तर्राष्ट्रिय खेलकुद दिवसका रुपमा मनाउँदै आएको छ । यो कार्यक्रम साता व्यापी रुपमा मनाउने गरिन्छ ।

कार्यक्रमको संयोजन गरिरहेको भूतपूर्व खेलाडी मंचका अध्यक्ष गुरुङले सन् २०१४ बाट नै यो कार्यक्रम पोखरामा मनाउन थालिएको जानकारी दिए । मैत्रीपूर्ण खेलले पोखरामा खेलकुदको पूर्वाधार विकास गर्न र २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जनप्रतिनिधीहरुलाई चासो बढाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.