default_image

7 years ago

April 3, 2018

दीलको पहिलो प्राथमिकता भलिबल

297 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– नेपालको पुरुष भलिबलको चर्चा गर्दा गत वर्ष माल्दिभ्समा प्राप्त गरेको सफलताको छुट्दैन । कारण थियो नेपालले अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँन थालेको झन्डै ४ दशकपछि पहिलो पटक पदक त्यहि प्रतियोगितामा जितेको थियो । एभिसी सेन्ट्रेल जोन भलिबल च्याम्पियनसिपमा नेपाल कास्य पदक जित्दै फर्केको थियो । नेपालले पुरुष भलिबलमा प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो सफल हो । त्यो टोलीका एक सदस्य थिए, त्रिभुवन आर्मी क्लबका दीलबहादुर सुनार । यति बेला भने चोट कारण उनी आराम गरिरहेका छन् । बागलुङको निसिखोला गाउँपालिका १ देविस्थानमा जन्मेका दीलले छाटो समयमा राष्ट्रिय टोली सम्मको यात्रा तय गरेका थिए । हालै संगितमा समेत प्रवेश गरेका उनी पहिलो प्राथमिकता भने भलिबललाई नै दिन्छन् । यति बेला गृह जिल्लामा रहका उनीसँग गरिएको कुराकानी :

भलिबलमा तपाईको प्रवेश कसरी भयो ?
– सानैबाट भलिबल खेल्थे गर्दथे । ५ कक्ष सम्म बुर्तिवाङको हिबल इन्टरनेशनल एकेडेमीमा पढे । ६ कक्षामा काठमाडौं पढ्न गए । स्कुलदेखि नै भलिबल खेल्ने भएपनि नेपाली सेनामा आबद्ध भए । क्लबबाट प्रदर्शन गरेको आधारमा राष्ट्रिय टोली सम्म पुग्न सफल भए ।

राष्ट्रिय टोली सम्म पुग्न कत्तिको कठिन छ ?
– यसमा अलि भाग्यशाली ठान्छु । महेन्द्र शेरचन, खगेन्द्र शेरचन दाईले सहयोग गर्नुभयो । काठमाडौंमा पढ्न गएर र त्यही स्कुलस्तरमा भलिबल खेल्दै गर्दा खेल राम्रो देखेर प्रिन्सिपल राम बहादुर केसी सरले भलिबलको प्रशिक्षणमा राख्दिनुभयो । त्यहाँ राम्रो भएपनि आर्मी गए आर्मीबाट खेलेपछि प्रशिक्षकको नजरमा परे ।

हरेकले तपाईले जस्तै अवसर त पाउँदैनन् नी ?
– हाम्रो क्षेत्रमा भलिबलको तालिमको वातावरण छैन । सर्पोट पनि हुँदैन । गाउँमा मात्र खेलेर मात्र प्रगती हुने होइन । माथिल्लो स्तरमा पुग्नको लागि यहाँबाट बाहिर निस्कनै पर्छ । बागलुङदेखि काठमाडौंसम्म पु¥याइदिने र त्यहाँ खेल्ने वातावरण मिल्यो भने मात्र अघि बढ्ने सम्भावना रहन्छ । हाम्रो क्षेत्रका भलिबल र यसका खेलाडी पछाडि नै छौं ।

भलिबल सहज वा कठिन कस्तो खेल हो ।
– सबै खेलको आ आफ्नै विशेषता छन् । भलिबल पनि सहज खेल होइन । एकदमै छिटो र हावाको भरमा एक सेकेण्डमा सोच्नुपर्ने खेल हो भलिबल । भलिबलमा टेक्निकनिक, सार्पनेश, क्विकनेस, पावर जम्प सबै आवश्यक पर्दछ ।

भलिबलमा तपाई सम्झना आइरहने क्षण ?
– खेल जीवनमा सबै भन्दा खुसी माल्दिभ्समा कास्य पदक जित्दा नै हो ।

राष्ट्रिय टोलीमा पर्नका लागि नयाँ खेलाडीलाई कस्तो सल्लाह दिनुहुन्छ ?
– आफ्नो पोजिसनमा उत्कृष्टमध्ये पनि उत्कृष्टले राष्ट्रिय टोलीमा अवसर पाउने हो । तपाईको मेहनत र क्षमताका आधारमा टोलीमा पर्ने हो ।

नेपालको भलिबलले अझै प्रगति गर्न कस्तो वातारण हुनुपर्दछ ?
– अहिले जस्तो छ यो भन्दा प्रगति गर्ने हो भने प्रशिक्षण, डाइटलगायतका अन्य वातावरण राम्रो हुनु पर्दछ । अर्को खेल्नका लागि उपयुक्त कोर्टको पनि त्यत्तिकै जरुरी छ ।

बागलुङमा जन्मिएको मान्छे, सफल खेलाडी बन्नुभएको छ, आफ्नो ठाउँलाई कसरी सम्झनुहुन्छ ?
– मान्छे जहाँ पुगोस् आफु जन्मेको ठाँउ बिर्सन सक्दैन । मेरो लागि पनि यहाँका हरेक क्षत्र त्यत्तिकै प्रिय छन् । जतिले मलाई सहयोग गर्न सहयोग र उप्रेरित गर्नुभएको छ सबैप्रति आभारी छु ।

चोटका कारण बाहिर बस्नुपर्दा कस्तो महसुस हुने रहेछ ?
– दुःख लाग्छ । तर खेलाडीलाई चोट लाग्नु स्वभाविक हो । अझै ३ महिना आराम गर्नुपर्छ । त्यसपछि फेरि मेहनत गरेर राष्ट्रिय टोलीमा फर्कन्छु भन्नेमा आशावादी छु ।

भलिबलको राष्ट्रिय खेलाडी हुँदा हुँदै संगित क्षेत्रमा प्रवेश गर्नुभएको छ । तपाईका लागि कुन बढी प्रिय लाग्छ ?
– मलाई गित संगित मनपर्छ । तर, त्यो भन्दा बढी भलिब मनपर्छ ।

बागलुङको भलिबलको विकासका लागि तपाईको सुझाव के हुन्छ ?

– हरेक जिल्लाले नियमित प्रशिक्षणको व्यवस्था गर्न सकेको खण्डमा स्थानिय स्तरबाट खेलाडी उत्पादन गर्ने वातावरण बन्थ्यो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.