7 years ago
April 2, 2018
पोखरा (हाम्रो खेलकुद) – खेलकुदका माध्यम द्वारा विश्वमा शान्तीको सन्देश प्रभाव गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघले अपिल ६ लाई विशेष रुपमा मनाउने तयारी गरिरहँदा प्रदेशमा ४ मा मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ ।
जनप्रतिनिधि र भूतपूर्ण खेलाडी मञ्चबीच शनिबार मैत्रीपूर्ण खेल हुनु भएको छ । जनप्रतिनिधिको टोलीको कप्तानी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ र मञ्चको कप्तानी अध्यक्ष तेज गुरुङले गर्नेछन् । जनप्रतिनिधिको टोलीबाट प्रदेश मन्त्री, सांसदहरुको सहभागिता रहनेछ ।
मञ्चका पूर्व खेलाडी उत्रने मैत्रीपूर्ण फुटबल संयोजक एवंम् मञ्चका महासचिव खेम गुरुङले बताए । संयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि भन्दै अप्रिल ६ मा अन्तराष्ट्रिय खेलकुद दिवसका रुपमा मनाउँदै आएको छ । यो कार्यक्रम साता व्यापी रुपमा मनाउने गरिन्छ ।
मैत्रीपूर्ण खेलले यस क्षत्रमा खेलकुद क्षेत्रको महत्वलाई थप बृद्धि गर्ने विश्व मञ्चका अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । अर्को वर्ष आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पूर्वाधार विकासलाई गति दिन र साग खेलमा पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न मैत्रीपूर्ण फुटबलले सन्देश दिन प्रयास गर्ने अध्यक्ष गुरुङले बताए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]