default_image

7 years ago

April 1, 2018

तेस्रो पोखरा स्पोर्टस् अवार्ड जेठमा

67 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले जेठमा तेस्रो पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट कास्कीलाई प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षकदेखि खेलकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ कास्की मञ्चले  पछिल्लो दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

Pokhara Sports Award 2073

फाइल तस्बिर

 

कास्की मञ्चको आइतबार बसेको २० औं बैठकले २०७५ जेठ १८ गते अवार्ड आयोजन गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा जिवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

पहिलो पटक वर्ष पपुलर प्लेयर अवार्ड समेत थप गरिने कास्की मञ्चले जनाएको छ । मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने भएको छ । नयाँ वर्ष शुभकामना आदानप्रदानका साथै मञ्चका साधारण सदस्य समेतको विशेष भेला गर्ने निर्णय गरिएको सचिव अधिकारीले बताए ।

अवार्डको निरन्तरतासँगै प्रायोजन तथा सहयोगी हात बढेको उल्लेख गर्दै अध्यक्ष पाठकले सहकार्यका लागि मञ्चले सबैलाई आव्हान गर्ने बताए । राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल गरेको हो ।

अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले सहयोग रकम घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच, मञ्चले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखराकै पहिलो पत्रकारको नाममा स्थापित जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत मञ्चका सचिव रञ्जन अधिकारीलाई बधाई समेत ज्ञापन गरेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.