7 years ago
April 1, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन यू १९ का शीर्ष वरियताका रुकेश महर्जनले इन्डोनेसियामा हुने पम्बाङगुना जयाराया जुनियर ग्रान्ड पिक्समा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै वर्ष अर्जेन्टिनामा आयोजना हुने युथ ओलम्पिकमा छनोट हुने सम्भावना बढोस् भन्नेका लागि वरियताका शीर्षस्थानमा रहेका रुकेशलाई ग्रान्ड पिक्समा सहभागी गराउन लगाएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।
ग्रान्ड पिक्समा एसियाका २० देखि २५ राष्ट्रको सहभागिता रहनेछ । रुकेश र उनका व्यवस्थापक विनोद बस्नेत आज साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् । ग्रान्ड पिक्स सोमबारदेखि अप्रिल ८ सम्म हुने बताइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन लगायतले आइतबार एनओसी भवनमा विदाई गरे ।
प्रतिनिधि सभा सदस्य समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले सहभागिताका लागि मात्र भन्दा पनि उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिए । संघका अध्यक्ष श्रेष्ठले ग्रान्ड पिक्समा गरेको प्रदर्शनले युथ ओलम्पिक सहभागिताको सम्भावना बढी रहेकोले रुकेशलाई मौका दिइएको जानकारी दिए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]