default_image

7 years ago

March 31, 2018

बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी सुरु

98 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बुल्समेन क्लब पोखराले आयोजना गर्ने तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । शनिबार पोखरामा एक कार्यक्रममा क्लबका अध्यक्ष नुना गुरुङले तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले प्रतियोगिता अर्को वर्ष भदौ १६ गते आयोजना गरिने बताए ।

भविष्यका कर्णधार युवालाई शारिरिक रुपमा जोशिलो बनाउँदै समाजको दिगो विकासमा सहयोगी शारिरिक सुगठन महत्वपूर्ण रहेको जनाउँदै अध्यक्ष गुरुङले शारिरिक व्ययाम दीर्घ जिवनका लागि आवश्यक रहेको बताए । प्रतियोगितामा पहिलो पटक महिलाहरुकोसमेत सहभागिता रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा देशका करिब १ सय ५० प्रतियोगीहरुको सहभागिता रहने जानकारी दिंदै क्लबले ओभरअल च्याम्पियन ले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक तौल समूह प्रथम, द्वितिय र तृतियलाई नगद, पदक प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता झन्डै ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतियोगिता बाट भएको आम्दानीले पोखरा रंगशालमा सुबिधा सम्पन्न तथा आधुनिक व्ययामशाला निर्माण गरिने क्लबले जनाएको छ । पोखरामा हरेक दुइ वर्षमा आयोजना हुने बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता सबै खेल प्रेमीहरुका लागि प्रतिक्षाको विषय रहेको बताउँदै अध्यक्ष गुरुङले बुल्समेन क्लब समाजसेवामा पनि सर्मपीत रहेको सुनाए ।

उनले स्थापनको छोटो समयमा नै क्लबले चन्द्रिका अधारभुत विद्यालय स्याङजा, कन्या क्याम्पस नदिपुरलाई विविध शैक्षिक सामाग्री र सरिता गुरुङ फाउण्डेशन र खेलकुदका विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको जानकारी गराए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.