7 years ago
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले यो वर्ष पनि तीन जना महिला भलिबल खेलाडीलाई एक वर्षको लागि छात्रबृति प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छात्रबृति प्रदान गरिएको हो ।
छात्रबृति पाउनेमा नेपाल एपिएफकी रेश्मा भण्डारी, सरस्वती चौधरी र नेपाल पुलिस क्लबकी कामना विष्ट छन् । रेश्मा र कामनालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले चेक हस्तान्तरण गरे । सरस्वती भने कार्यक्रममा उपस्थित थिइनन् । प्रतिष्ठानले मासिक २ हजारका दरले एक वर्षका लागि २४ हजार रुपैयाँको प्रदान गरिएको थियो ।
गत वर्षका छात्रबृति प्रदान गर्न सुरु गरेको र आउने वर्षमा पनि यसलाई निरन्तरता दिने प्रष्ठिानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । गत वर्ष प्रतिभा माली, कृपा अधिकारी र अरुणा शाहीलाई दुई वर्षका लागि छात्रबृति प्रदान गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]