7 years ago
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदका सबै खाले विकृति, विसंगतिको अन्त्य र विवाद समाधानका लागि पहल लिने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) , अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका खेलकुद संघमा देखिएका विवाद वा समस्याको समाधान चाडै गर्ने विश्वास दिलाए ।
‘देशको तीनै तहको निर्वाचन सम्पन्न भैसकेको छ । तीनै तहमा सरकार गठन भैसकेको छ ’ मन्त्री विश्वकर्माले भने, ‘नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा कठोर मेहनत गर्दै उपलब्धिहरु हाँसिल गरेको अवस्थामा खेलकुद हेर्ने मुख्य निकाय नै विवादमा रुमल्लिनु राम्रो विषय हैन । त्यसैले म यो तीनै तहको विवाद समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्र गर्न चहान्छु ।’
मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रमा भाईब्रेसन आउने गरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री विश्वकर्माले सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्ने गरि आफूहरु तयारीमा जुटिसकेको पनि जनाए ।
‘तोकिएकै मितिमा हामी साग सम्पन्न गर्ने लक्ष्यमा छौं । अहिले हामी आवश्यक पूर्वाधार निर्माणको योजनाहरु बनाउनमा केन्द्रित छौं ’ मन्त्री विश्वकर्माले भने, ‘निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारको बारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउने गरि मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन भएर कार्य आरम्भ भैसकेको छ । आठौं राष्ट्रिय खेलकुदको आवश्यक तयारीमा समेत जुटिसकेका छौं ।’
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]