default_image

7 years ago

March 23, 2018

रुपन्देहीमा पुर्वाधारको सम्भावना खोज्दै खेलकुद मन्त्री विश्वकर्मा

72 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा चैत्र ९ गते १० बजे भैरहवा विमानस्थलमा ओर्लिए । उनी मदन भण्डारी स्पोर्टस् एकेडेमी ५ नम्बर प्रदेश कमिटीले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा अतिथीका रुपमा उपस्थित जनाउन आएका थिए । तर उनी भैरहवाबाट सोझै कार्यक्रममा नपुगी रुपन्देहीको खेलकुद पुर्वाधारको अवलोकन तथा सम्भाव्यता अध्ययनका लागी बिभिन्न ठाउमा पुगे ।

उनले मैदानको निरीक्षणसहित सम्भाव्यताको अध्ययन समेत गरे । जम्बो टोलीसहित राखेपका सदस्यसचिव केशवबहादुर विष्टलाई समेत लिएर हिडेका मन्त्री विश्वकर्माले छोटो समयमा भैरहवाको रंगशाला, भैरहवा ब्याटमिन्टन क्लबको कर्वडहल, एन्फा टेक्निकल सेन्टर देवीनगरको खेलमैदान र एकेडेमी, जवइ खेलमैदानको अवलोकन तथा निरीक्षण गरे ।

निरीक्षणपछी बोल्दै मन्त्री विश्वकर्माले रुपन्देही खेलकुदको लागी उर्वरभुमी रहेकाले यहाँको पुर्वाधारको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । “रुपन्देहीमा पुर्वाधारको अभाव मैले देखीनँ,” मन्त्री विश्वकर्माले अगाडी थपे, “तर यसलाई व्यवस्थित गर्नका लागी बजेटको अभाव देखिएकाले सक्दो सहयोग गर्नेछु । ”

यस्तै सदस्यसचिव केशवबहादुर विष्टले आठौं राष्ट्रिय खेलमा ४ वटा विधाका खेल रुपन्देहीमा खेलाइने संकेत गरेका छन् । मैदान र पुर्वाधारको निरीक्षणपछी विष्टले प्रदेश नम्बर ५ को समग्र खेलकुद विकासमा रुपन्देहीको पुर्वाधारले पनि सहयोग पुग्ने दाबी गरे । जिल्ला खेलकुद विकास समिती रुपन्देहीका अध्यक्ष योग गुरुङको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका विभिन्न पदाधिकारीहरु पनि उपस्थित थिए ।

कार्यक्रममा एन्फा टेक्निकल सेन्टर बुटवलका डाइरेक्टर बुद्धि गुरुङ, बुटवल लन टेनिसका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला खेलकुद विकास समिती रुपन्देहीका कार्यलय प्रमुख संगम थापा, जिल्ला फुटबल सघं रुपन्देहीका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.