7 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् ।
नेपाल खेलकुद महासंघले बुधबार आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वव्यापी खेलकुदको मान्यताका आधारमा ऐन नीति नियमको निर्माण गर्नु पर्ने र त्यो जिम्मेवारी अहिले बनेको स्थिर सरकारको काँधमा आएको बताए ।
खेलकुदको माध्ययमले नै राष्ट्र निर्माण गर्ने तर्फ अग्रसर हुनु पर्ने भन्दै अब त्यो कार्य पुरा हुने समय आएको बताए । श्रेष्ठले राष्ट्रको गौरवको बिषय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमा नै पुरा गर्न पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राख्दै काम अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले दक्षिण एशियाली काउन्सिलको हेडक्वाटर काठमाण्डौमा निर्माण गर्न पहल हुने भन्दै यसका माध्ययमले नेपालमा खेलकुद विकासमा नयाँ फड्को मार्नेमा विश्वस्त रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले राखेपमा २ सय भन्दा बढी संघहरु दर्ता भएको र त्यसमा आधाभन्दा बढी करातेका संघ रहेको उल्लेख गर्दै खेललाई लोकप्रियता, पदक जित्ने सम्भावना र परम्परत हिसाबले बर्गिकरण गर्नुपर्ने बताए । एनओसी र नेपाल खेलकुद महासंघका महासचिव समेत रहेको शेर्पाले समयअनुकल खेलकुदको नीति नियमलाई परिमार्जन गर्न अब ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।
कार्यक्रमका अधिकांश वक्ताहरुले राज्य संचालनमा आएका नेतृत्वले खेलकुदलाई बुझ्नु पर्ने, खेलकुद विकासका लागि ऐन, नीति नियममा परिमार्जन गर्दै खेलकुदको विकासमा अग्रसर हुनु पर्ने, विश्वमा परिचित गराउने खेलबाट विभिन्न क्षेत्रको विकासमा प्रर्याप्त सम्भावना रहेकोले सरकारी दृष्टिकोणम परिवर्तनल्र्या बजेटका बृद्धि गर्नु पर्ने र त्यसका सहि सदुपयोग गर्नु पर्ने, खेलाडी प्रशिक्षकलाई सुविधा प्रधान गर्दै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र खेलकुदको माध्ययमले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला,राखेपका सदस्य सचिव केशव कुमार बिष्ट, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा नव निर्वाचित सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठलाई सम्मान गरिएको थियो । मन्त्रिद्वय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकोमा मन्त्री परिषद् बैठकका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिइयो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]