7 years ago
March 21, 2018
पोखरा (हाम्रो खेलकुद)– नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले खेलकुद विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीले बुधबार आफ्नो स्वागतमा राखेको कार्यक्रममा विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने दोहोराएका छन् ।
मन्त्री विश्वर्माले अर्को वर्ष आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिदै अब बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने बताए । पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख मन्त्री विश्वकर्माले यसको उजागरका लागि सरकार लागि पर्ने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको जनाउँदै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्ने बताए ।
प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राज्यबाटै खेल क्षेत्र उपेक्षित भइरहेको बताउँदै राष्ट्रिय पहिचान दिने मार्सल आर्ट जस्ता खेल ओझेलमा परेको बताए ।
कार्यक्रममा जिल्ला बास्केटबल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रूपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]
April 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]