7 years ago
March 21, 2018
पोखरा (हाम्रो खेलकुद)– सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताएका छन् । मन्त्री विश्वकमाले नेपालको खेलकुदको समृद्ध बिकासका लागि सात वटै प्रदेशमा सुविधा सम्पन्न रंगशालाको निर्माण कार्यलाई अघि बढाउने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले गति लिन नसक्नेमा मन्त्रीको जोड रह्यो ।
पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट टोलीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले क्रिकेट खेलको बिकास र बिस्तारका लागि व्यवस्थित क्रिकेट मैदान बनाउने बताए । उनले सन् २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) आयोजना देशको गरिमा र प्रतिष्ठानसँग जोडिएको बताए । उनले भने, ‘सागको लागि आवश्यक भौतिक संरचना निर्माण र आठौं राष्ट्रिय खेलकुद समयमा गर्न यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गरिनेछ ।’
आगामी बजेटले खेललाई प्राथमिकता दिने विश्वास दिलाउदै मन्त्री विश्वकर्माले युवा सशक्तिकरणका कार्यक्रमलाई पनि अघि बढाइने जानकारी दिए । उनले मन्त्रालयले छिट्टै अल्पकालिन र दिर्घकालिन योजनाहरु तर्जुमा गर्ने र सबैलाई गौरव गर्ने हुने गरि समयमा नै काम सम्पन्न गर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मंचका उपाध्यक्ष दिनानाथ बरालले नेपाली खेलकुदका बारेमा चर्चा गरेका थिए ।
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]
April 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]