7 years ago
March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपालले अर्को महिनाबाट विशेष तयारी सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बैशाखबाट विशेष प्रशिक्षण सुरु हुने जानकारी दिए ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबार सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोट्र्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटनका क्रममा विष्टले प्रशिक्षणको जानकारी दिएका हुन् ।
‘एसियन गेम्सकै लागि विभिन्न खेलको प्रशिक्षण अहिले पनि भैरहेको छ । यो प्रशिक्षण चैतसम्म चल्नेछ । त्यसपछि एसियाली खेलकुदलाई मध्यनजर गरी बैशाखदेखि विशेष बन्द प्रशिक्षण सुरु गर्नेछौं ’ सदस्यसचिव विष्टले भने, ‘यो तयारी एसियन गेम्सको लागि पर्याप्त हुदैन । त्यसैले हामी वैशाख शुरुदेखि नै विशेष प्रशिक्षण राख्नेछौ ।’
सदस्य–सचिव विष्टले वैज्ञानिक पद्धतिबाट खेलाडीलाई प्रशिक्षण गराउने विधि बारे जानकारी दिने उद्देश्यले प्रशिक्षकका लागि सेमिनार सञ्चालन गरिएको बताए । राष्ट्रिय टिममा रहेका विभिनन १५ खेलका प्रशिक्षकलाई समावेश गरी सेमिनार सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराए । सेमिनारलाई दुई चरणमा विजभाजन गरी सञ्चालन गरिएको छ ।
पहिलो चरणमा मार्सल आर्ट बाहेकका खेल स्क्वास, आर्चरी, भारोत्तोलन, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, पौडी र ब्याडमिन्टनका ३१ प्रशिक्षक सहभागी छन् । पहिलो चरण चैत ८ गतेसम्म चल्नेछ । दोश्रो चरणको सेमिनार चैत १२ देखि १६ गतेसम्म सञ्चलन हुनेछ । त्यसमा तेक्वान्दो, कराते, जुडो, कुस्ती, बक्सिङ र उसुका ३७ प्रशिक्षक सहभागी हुनेछन् । सेमिनारका कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणा र डा, ज्ञानेन्द्र शाहले सेमिनार सञ्चालन गर्नेछन् ।
स्पोर्टस साइन्स ल्याब सञ्चालनमा
काठमाडौं –राखेपले पहिलो पटक स्पोर्टस साइन्स ल्याब सञ्चालनमा ल्याएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आइतबार ल्याबको उद्घाटन गरे । खेलाडीको धैर्यता, गति र तागत बढाउनुका साथै खेलाडीको फिटनेस स्तरलाई अभिबृद्धि गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीले जानकारी गराए ।
उप्रेतीले आगामी दिन ल्याबलाई अझ आधुनिकरण गर्दै विस्तार गर्ने योजना रहेको बताउदै तत्काललाई राष्ट्रिय टिममा रहेका १५ खेलका खेलाडीले ल्याबको सुविधा उपयोग गर्न पाउने जानकारी दिए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको ल्याब करिब २५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।
April 24, 2025
हिमाल खरेल,बिर्तामो दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता सुनसरीस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा हुनेछ । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट खेलाडी सहभागी हुने छन् । कोशी प्रदेश […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा पहिलो खेल जितेर नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप न्यु डायमण्ड युथ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले दोस्रो सेटको सुरुवात राम्रो गरेपनि अन्य समयमा चुनौती दिन सकेन । […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) ले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो। खेलको पहिलो सेट केहि प्रतिस्पर्धात्मक बन्यो। जहाँ एपिएफले २५-२० ले पहिलो सेट जित्दै १-० को […]