default_image

7 years ago

March 16, 2018

प्रदेश मन्त्री बस्नेतलाई मञ्चले सुझाव बुझायो

74 views

0 Bookmark

पोखरा २ (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री राम शरण बस्नेतलाई प्रदेशको खेल पयर्टनलाई विकास गर्न सुझाव प्रस्तुत गरेको छ । मञ्च र नेपाल पयर्टन बोर्ड पोखराको संयुक्त आयोजनामा फागुन २३ गते भएको प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तरक्रिया भएका छलफलका आधारमा मञ्चले मन्त्री बस्नेतलाई २५ बुँदे सुझाव बुझाएको हो ।

कास्की मञ्चका अध्यक्ष केशव पाठकको नेतृत्वमा गएको प्रतिनिधि मण्डले मन्त्री बस्नेतलाई सुझावसहितको प्रतिवदेन बुझाएको थियो । मन्त्री बस्नेत, प्रदेश सांसद, खेलकर्मी, पयर्टन व्यवासायको सहभागितामा अन्र्तक्रिया सम्पन्न भएको थियो । सुझाव ग्रहण पछि मन्त्री बस्नेतले मंचको प्रशंसा गर्दै सुझावले आगामी दिनमा सरकारले नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताए ।

मन्त्रीले छिट्टै नै मन्त्रालयले प्रदेशका गतिविधी र विकासका कामलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउन उद्योग, बन, पर्यटन, आपूर्ती, विज्ञान तथा प्रवीधी, वातावरण लगाएतका सवालहरुमा विषयगत विज्ञहरु बाट सुझाव संकलन सुरु गरिएको बताए । उनले प्रदेश ४ लाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा अघि बढाएमा पर्यटनले फड्को मार्न सक्ने तर्फ इंगित गर्दै पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यहरुको पहिचानमा पनि मन्त्रालयले कार्य थाल्ने बताए ।

पाठकको नेतृत्वमा मन्चका उपाध्यक्ष दिनानाथ बराल, कार्यसमिती सदस्य नारायण शाही, सुरज श्रेष्ठ, उमेश पुन र नेपाल पर्यटन बोर्ड कार्यालयका प्रमुख सूर्य थपलिया रहेका थिए । अन्र्तक्रियामा नेपाल खेलकुद पत्रकार मंचका महासचिव प्रकाश तिमिल्सिना र नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.