7 years ago
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री नियुक्त भएको छन् । प्रधानमन्त्री कपी ओलीले शुक्रबार मन्त्रीपरिष्द विस्तार गर्दा विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद विश्वकर्मा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूर सदस्य हुन् । साविक घार्मी गाविस (हाल लेखानाथ पोखरा उप महानगरपालिका) का उपाध्यक्ष निर्वाचित विश्वकर्मा दलित आन्दोलनमा सक्रिय थिए । उनी २०६४ को पहिलो संविधान सभा सदस्य पनि थिए । नेकपमा एमालेको प्रदेश नं ४ को उनी पार्टी सचिव हुन् ।
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]
April 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]