default_image

7 years ago

March 14, 2018

जनप्रेमी र ग्यासियरलाई भलिबल उपाधि

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कौशलटारको जनप्रेमी माविले चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फको उपाधि जितेको छ । छात्रतर्फको उपाधि ग्यासियर स्कुल काठमाडौंले जितेको छ ।

छात्रातर्फको विजेता कौशलटारको जनप्रेमी माविका खेलाडी अतिथिका साथमा ।

छात्रातर्फको फाइनलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३–० ले हराएको थियो । बुधबार नै भएको छात्रतर्फको फाइनलमा ग्यासियरले आदर्श ज्योति माविलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जित्यो ।दिव्यदिप स्कुल छात्रातर्फ र वागेश्वरी मावि छात्रतर्फ तेस्रो भए । दुवैतर्फको विजेता टोलीले १०, दोस्रो टोलीले ५ र तेस्रो भएको टोलीले ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा जनप्रेमीकी अशोका देवकोटा छात्रातर्फ र ग्यासियरका विशाल बस्नेत छात्रतर्फका उत्कृष्ट खेलाडी घोषित भए । जनप्रेमीका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक छानिए । आदर्श ज्योति स्कुलको आयोजनामा फागुन २४ गते सुरु भएको प्रतियोगितामा छात्र तर्फ १० छोली र छात्रातर्फ ७ टोलीको सहभागिता थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.