default_image

7 years ago

March 13, 2018

एपिएफ र आर्मी विजयी

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागिय टोली नेपाल एपिफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक खुुल्ला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् ।

एपिएफको मुख्यालय हल्चोकमा भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । यसैगरी एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लव काठमाडौंलाई २५–८, २५–५ र २५–९ को सोझो सेटमा जित निकाल्यो ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार तथा दोस्रो हुने टिमले १ लाख २५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटी पाउनेछिन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.