7 years ago
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने बताए ।
प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई सुरक्षित साथ आरोहण गर्न र सकुशल फर्कन शुभकामना दिए । पत्रकार आरोहिहरुले प्रधानमन्त्री समक्ष शुल्क मिनाहा साथै सरकारको तर्फबाट आर्थिक सहयोग माग गरे । समानताका लागी बुलन्द आवाज नारा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य समेत रहेकी प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन् ।
आरोहणको लागि आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउन अहिले टोली खटिरहेका छन् । पहिलो चरणको तालिम अन्र्तरगत दोलखाको रोलवालिङस्थित यालुङरी र रामदुङ हिमालको सफल आरोहण गरीसकेका छन् । टोलीले सगरमाथा आरोहण गर्नु अगाडि लोभुचे हिमाल आरोहण गर्ने तालिका रहेको छ । नेपाल पत्रकार महासंघको व्यानरमा आरोहण गर्न लागेका महिला पत्रकार टोलीलाई किर्तीमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन् ।
एक वर्ष देखि तालिम र तयारीमा रहेका टोलीलाई चाईनाको आर्कटस कम्पनी, ड्रिमर्स डेस्टिनेसन टे«क एण्ड एक्स्पिडिसन कम्पनी, बाराह ज्वेलरी, कृपा फाउण्डेशन, एड्भान्स सिमेन्ट, नर्भिक हस्पिटल, साहस स्पोटर्स, पञ्चकन्या गु्रप, कृषि विकास बैक, माछापुच्छे« बैक लयागतको आर्थिक सहयोग रहेको छ । यो आरोहि समुहले सगरमाथाको बेस क्याम्पबाट चुचुरो सम्म हरेक क्याम्पबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ । नेपाल टलिभिजनबाट यसको प्रत्यक्ष प्रसारण हुनेछ भने यसको सयोजन आईफो टेक्नोलिजीले गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]