default_image

7 years ago

March 8, 2018

भलिबलमा एपिएफलाई सिजनको सातौं उपाधि

140 views

0 Bookmark

पर्वत (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा बिहिबार शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । भलिबलमा एपिएफको महिला टोलीको यो सातौं उपाधि हो ।

 

एपिएफको महिला टोलीले राखेप च्याम्पियनसिपसहित पोखरामा तीज भलिबल, ढोरपाटन लिग, मेयर कप, पिएम कप र एनभिए क्लब च्याम्पियनसिपमा न्यु डायमण्डलाई पराजित गरेर उपाधि जित्न सफल भयो । न्यु डायमण्डले न्यु डायमण्ड कपमा एपिएफलाई पराजित गर्दै यस वर्ष पहिलो उपाधि जित्न सफल भएको थियो ।

एपीएफले आजको न्यु डायमण्डमाथि २५–१८, १२–२५, २५–१६ र २५–११ को जित निकाल्यो । तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २२–२५ ले गुमाएपनि पुलिसले खेलमा फर्कदै लगातर तीन सेट २५–२०, २५–२२ र २५–११ ले आफ्नो नाममा लेखायो । विजेता एपीएफले १ लाख, दोस्रो टोली न्यु डायमण्डले ६० हजार र पुलिसले पुलिसले ४० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित एपिफकी सरस्वती चौधरीले १० हजार रुपैयाँ प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर चुनिदा कृपा अधिकारी उत्कृष्ट सेटर र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्सको उपाधि जिते । नेपाल पुलिसकी कमला पुनले उत्कृष्ट सर्भरको उपाधि हात पार्दा एपीएफकी उषा बिष्ट उत्कृष्ट ब्लकर भईन् । एपीएफकै ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समान ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता शीर्ष तीन टोलीलाई साबित्री कन्चनजंगा अगरबत्ती उद्योगका प्रोप्राईटर मनिस मुन्द्रा, पर्वत जिल्ला प्रशासन कार्यलयका प्रमुख राजेश पन्थी, नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङ, आयोजक रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरे । नारी दिवसको अवसर पारेर फागुन २२ देखि सञ्चालन भएको तीनदिने प्रतियोगितामा ६ टिमको सहभागिता थियो ।

 

 

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.