7 years ago
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुनमा खेलकुद मैत्री बनाइने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा बिहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री बस्नेतले उनले भने, खेलकुद आर्थिक पाटोसँग पनि जोडिने भएकाले प्रदेश सरकार हरेक व्यक्तिको सल्लाह सुन्न तयार छ, हामीहरु कम बोल्छौ, नम्बर एक प्रदेश बनाउन व्यवहारमा काम गरेर देखाउने छौं ।
नेपाल पर्यटन बोर्ड पोखराको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा भएको अन्तक्र्रियामा प्रदेशका सांसद राजीव पहारी, इन्द्रधारा बिष्ट र मोहन रेग्मीसहित खेलुकद र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारले भाग लिएका थिए ।
नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख सूर्य थपपिया र खेलकुद पत्रकार मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमल्सिनाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेकोमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले टिप्पणी गरे । झन्डै ३ घण्टा चलेको अन्तक्र्रियाले प्रदेशको समृद्धि र विकासको प्रमुख सम्भावना पर्र्यटन खेल रहेकोले खेलसँग जोडेर सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले बनाउने नीति नियम र कानुनमा खेललाई उच्च प्राथमिकता दिनुपर्नेमा सहभागीले धारणा राखे ।
मन्त्री बस्नेतले प्रदेश ४ मा जलको सम्भावना बढी रहेको हुँदा सोही अनुरुप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले कसैले गलत गरेको सूचना पाए तत्काल कारबाही गर्नेबारे उनले सचेत गराए । सांसद राजीव पहारीले राज्यको तुलनामा निजी क्षेत्रले खेलकुदको पूर्वाधार निर्माणमा बढी गरेको उल्लेख गर्दै उनले सार्वजनिक निजी साझेदारीलाई अवलम्बन गर्दै अघि बढ्ने बताए ।
उनले विश्वकै पाँचौ उत्कृष्ट प्याराग्लाइडिङ क्षेत्र पोखरामा रहेको, १३ औं सुन्दर ताल फेवाताल रहेको जानकारी दिँदै विश्वका २ सय मुलुकमा नपाइने हावापानी यहाँ रहेकोले सम्भावना रहेको बताए । उनले कुराभन्दा परिणाममुखी काम गर्ने भन्दै संघसंस्था दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउनेतर्पm ध्यान केन्द्रित गर्ने बताए ।
सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ रहेको उल्लेख गर्दै हन्टिङ, घोडाचढी खेल मुस्ताङ क्षेत्रमा बढी रहेको बताए । उनले हन्टिङ खेल गरेमा तत्काल व्यवस्थापनमा सहज रहेको उल्लेख गरे । राम्रा खेलाडी उत्पादन भए पनि टिम राम्रो हुन नसकेको उल्लेख गर्दै खेलाडीको संरक्षणको खाँचो औल्याए ।
सांसद मोहनप्रसाद रेग्मीले खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तक्र्रियाले भावी कार्ययोजना निर्माणमा सहयोग पुगेको भन्दै आयोजकलाई धन्यवाद दिए । ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने बताए ।खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले प्रदेश ४ ले विकास गर्ने भनेको पर्यटनबाट नै हो भन्दै यसलाई खेलकुदसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । त्यसको लागि पहिलो शर्त पूर्वाधार निर्माण भएकोले प्रदेश सरकारको ध्यान यसतर्पm केन्द्रित हुनुपर्ने उनको धारणा छ । उनले अस्पताल भन्दा रंगशाला बनाउने हो भने हजारौले रोजगारी पाउने विचार व्यक्त गरे ।
पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले खेलकुदको विकासका लागि सबैभन्दा पहिले पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।कार्यपत्र प्रस्तुत गर्दै पर्यटन बोर्ड पोखराका प्रमुख थपलियाले प्रदेश ४ को विकासका लागि खेल र पर्यटन दुवैसँग जोडेर अघि बढ्नुपर्ने बताए ।
मञ्चका केन्द्रिय महासचिव तिमल्सिनाले प्रदेश ४ को खेलकुदको अवस्था र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुन निर्माणमा आगामी दिनमा मार्गदर्शन हुने बताए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेशका ११ जिल्लामध्ये सम्बन्धित जिल्लामा कुन खेलको सम्भावना छ त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले अब चिन्ता होइन, चिन्तन गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरोकारवाला निकायले पर्यटन र खेलकुदलाई जोडेर प्रदेशको विकास र समृद्धिमा चिन्तन गर्नुपर्ने बताए ।
अन्तक्र्रियामा भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले राज्यले खेल र खेलाडीलाई संरक्षण दिनुपर्ने बताए । उनले खेलका क्षेत्रमा सरकारले राजनीतिक नियुक्तिमा सही व्यक्तिलाई सही ठाउँमा नियुक्ति गर्नुपर्ने बताए । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले एक दुई खेललाई प्राथमिकतामा राखेर तत्काल अघि बढ्नुपर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलका गतिविधिमा आन्तरिक पर्यटनलाई समेत प्राथमिकता दिनुपर्ने बताए । एन्फा उपमहासचिव गणेशबहादुर भट्टराईले खेलको विकासमा सबैजना दत्तचित्त भएमात्र अघि बढ्न सकिन्छ नभए भाषण गरेरमात्र नहुनेमा सचेत गराए । रासस प्रदेश ४ का कार्यालय प्रमुख बासुदेव पौडेलले पर्यटन बोर्डले खेल पर्यटनको बारेमा समेत गतिविधि गर्नुपर्ने सुझाव दिए ।
प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले प्रदेशका सबै जिल्लाको सम्भावित खेल पहिचान गर्नुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले खेलकुद, पर्यटन र खेल पत्रकारलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए । सुस्तादेखि कोरला नाकासम्म फैलिएको प्रदेशमा प्रचूर सम्भावना रहेको उल्लेख गरे । अन्र्तक्रियामा सरोकारवाला झन्डै ७० जनाको सहभागिता थियो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]