default_image

9 years ago

January 13, 2016

ट्राईयाथलनको स्कुललाई सहयोग

150 views

0 Bookmark

अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको लागि संकलित १० हजार ५ सय डलर स्कुलका संचालकलाई प्रदान गरिन् । २५ रोपनी क्षेत्रफलमा रहेको यी दुई स्कुल मर्जर भई एकै स्कुलको रुपमा संचालन हुने प्रकृयामा रहेको छ ।

traitholan
कासाडो पौष १५ गते नेपाल आएकी थिईन् । उनले नेपाल ट्राईयाथलन संघद्वारा आयोजित विभन्न कार्यक्रममा सरिक हुनुका साथै नेपालमा ट्राईथनलको विकास र विस्तारमा आफ्नो तर्फबाट कुनै कसर बााकी नराख्ने वचन बद्धता ब्यक्त गरेकी छिन् । काठमाण्डौको बुढानिलकन्ठस्थित विपश्यनमा १० दिनको ध्यान शिविरमा बिताएकी कासाडो मंगलबारनै आफ्नो देश स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै आजै नेपाल ट्राईयाथलन संघ र स्कुलविच ट्राईयाथलन खेलको विकासको लागि संझौता (एमओयु) भएको छ । सम्झौता पत्रमा गणेश प्राविका अध्यक्ष केदारप्रसाद प्रधान, विनायक स्कुलबाट अध्यक्ष नरबहादुर थापा, उक्त दुवै स्कुलका संयोजक रामप्रसाद न्यौपाने र नेपाल ट्राईयाथलन संघका तर्फबाट अध्यक्ष गणेशमान पुनले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अन्तराष्ट्रिय ट्राईयाथलन युनियनकी अध्यक्ष तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
सम्झौता पत्र :
१) स्कुलको पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय ट्राइयाथनल युनियनले नेपाल ट्राईयाथलन संघमार्फत आर्थिक सहयोग गर्ने ।
२) स्कुल संचालक समितिले आफ्नै स्वामित्वमा रहने गरि नेपाल ट्राईयाथलन संघलाई ५ रोपनी जग्गा प्रदान गर्ने ।
३) सो जग्गामा नेपाल ट्राईयाथलन संघले स्कुल र होस्टल निर्माण गरि ट्यालेन्ट स्कुल संचालन गर्ने ।
४) सो स्कुल तथा होस्टलमा नेपालभरिबाट ट्यालेन्ट हन्ट गरि खोजिएका खेलाडीहरुलाई शिक्षा र क्षात्रावासको व्यवस्था गर्ने । तथा भविष्यमा स्कुललाई बोर्डिङ्ग बनाए पछि बोर्डर होस्टलको रुपमा विकास गर्ने ।
५) नेपाल ट्राईयाथनल संघको महासचिव स्कुल संचालक समितिको सदस्य हुने ।
उल्लेख गरिएको छ ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.