default_image

7 years ago

March 1, 2018

भलिबलको दुवैतर्फ आर्मी र एपिएफ सेमिफाइनलमा भिड्ने

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब सहित हेल्प नेपाल स्पोर्टस क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ ।

फाइल तस्बिर

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार तीन भारतीय खेलाडी सवमोश गरेको हेल्प नेपालले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को सेटले हरायो । पहिलो र दोस्रो सेट २५–१६ र २५–१७ ले सहजै जितेको हेल्प नेपालले तेस्रो सेटमा दोस्रो रोजाईको खेलाडी उतार्दा २१–२५ ले पराजित हुन परेको थियो । चौथो सेटमा २५–२२ को जित निकाल्यो ।

पुलिसले ढोरपाटन स्पोटर््स क्लबलाई २५–११, २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्यो । एपिएफले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । एपिएफले २५–१९, २५–२३, १९–२५ र २५–२१ को जित निकाल्यो । अन्तिम क्वाटरफाइनलमा आर्मीले नयाँबजार सामाजिक क्लबलाई २५–१०, २५–१६ र २५–९ को सोझो सेटमा हरायो ।

महिलातर्फको समूह चरणको अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल टे«निङ सेन्टरलाई २५–६, २५–७ र २५–४ को सोझो सेटमा हरायो । दुवैतर्फको सेमिफाइनल शुक्रबार हुनेछ । महिला र पुरुष दुवैमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेभएको छ । महिलातर्फ अर्कोमा शिवम् न्यू डायमण्ड र पुलिस तथा पुरुषतर्फ हेल्प नेपाल र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेताले १ लाख ५० हजार, दोस्रो टोलीले १ लाख तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पउानेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार पाउने प्रतियोगिताका उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.