default_image

7 years ago

February 27, 2018

करातेका पदक विजेतालाई सम्मान

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो ।

गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका थिए ।

फागुन ४ र ५ गते जर्मनीमा भएको प्रतियोगितामा अनुले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितेकी थिइन् । मुकुन्द्रले ६७ केजीमा स्वर्ण जितेका थिए भने मन्डेकाजीले कातामा तेस्रो पदक जितेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.