7 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबलको महिलातर्फको सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६,२५–१६ र २५–१५ ले हराएको थियो । अर्को खेलमा आर्मीले पद्मदय युथ क्लब चितवनलाई २५–१०,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो ।
समूह ‘ए’ बाट न्यू डायमण्ड र आर्मीले समान २ खेल जित्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । यी दुईबीच बुधबार हुने खेलले समूह विजेता उपविजेताको टुंगो लगाउनेछ । महिलातर्फनै समूह बी बाट एपीएफ पनि ६ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएका प्रतियोगिताको पुरुषतर्फको खेलमा सफलता प्राप्त गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब , नेपाल एपिएफ क्लब र आर्मीले आ आफ्नो समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेका छन् ।
मंगलबारको खेलमा हेल्प नेपालले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २५–१२, २५–२३ र २५–१४ को सोझो सेटमा हरायो । त्यस्तै पुलिसले काभ्रे जिल्ला भलिबल संघलाई २५–१४, २५–१४ र २५–९ को सेटमा पराजित गर्यो । एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१५, २५–१२ र २५–१४ ले हरायो ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ११ टोलीको सहभागिता छ । प्रतियोगिताका दुवैतर्फका विजेताले १ लाख ५० हजार, दोस्रो टोलीले १ लाख र तेस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट खेलाडगीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दुवैतर्फका उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]