default_image

7 years ago

February 26, 2018

सुर्जन कायाक स्लालोम च्याम्पियन

121 views

0 Bookmark

फिस्लिङ (हाम्रो खेलकुद) – सुर्जन तामाङले छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् ।

पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा जारी प्रतियोगिताको फाइनलमा नेपाल कायाक क्लबका सुर्जनले २४.४१ अंक हासिल गर्दै उपाधि जिते । कायाक क्लबकै सुमन थापा २४.६९ अंकका साथ दोस्रो तथा चितवन टिम फिस्लिङका विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए । शीर्ष तीन खेलाडीहरु एसियाली खेलकुदका लागि छनोट भएका छन्।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा सोमबारै भएको दोस्रो र्‍याफ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्ट विधाको उपाधि प्याडल नेपाल ‘ए’ ले जित्यो । निर्धारित दूरी २ मिनेट ९.६९ सेकेण्ड समयमा पुरा गर्दै प्याडल नेपाल ‘ए’ च्याम्पियन बनेको हो । नेपाल कायाक क्लबको ‘ए’ टिम (२ मिनेट १०.८२ सेकेण्ड) दोस्रो स्थान तथा टिम फिस्लिङ ‘बी’ (२ मिनेट १०.९० सेकेण्ड)ले तेस्रो स्थान हासिल गरे । प्रतियोगिताअन्तर्गत र्‍याफ्टिङको हेड टु हेड, स्लालोम र डाउनफल विधाको फाइनल खेलहरु मंगलवार हुनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.