default_image

7 years ago

February 26, 2018

एनएसटी एनभिए भलिबलमा पुलिसको दोहोरो जित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दाहोरो सफलता प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा जारी प्रतियोगितामा सोमबार पुरुषतर्फ नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ लाई सहजै हराएको पुलिसले महिलातर्फ जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेट हरायो ।

पुरुषतर्फको अर्को खेलमा नेपाल स्पोर्ट्स क्लबले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २३–२५, २५–२१ र ३४–३२ ले पराजित गर्यो । महिलातर्फको अर्को खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले चितवनको पद्मदय युथ क्लब चितवनलाई २५–१४, २५–१२ र २५–१८ ले हरायो ।

नेपाल भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिलातर्फ ७ र पुरुषतर्फ ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको दुवैतर्फका विजेताले १ लाख ५० हजार, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार पाउनेछन् । त्यस्तै दुवैतर्फ उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५ हजार प्राप्त गर्नेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.